एक करोड बराबरको दाल बरामद



कृष्णउदास खनाल, वीरगन्ज
जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार बिहान अबैध रूपमा राजश्व छली भारतबाट भित्र्याउन लागेको झन्डै १ करोड मूल्य बराबरको मसुरोको दाल बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गोबिन्द साहको कमाण्डमा खटिएको टोलीले भारतको पश्चिम चम्पारण ढकिया गाउको बाटो हँुदै दशगजाबाट जानकी टोलस्थित खोला र खेतको बाटो भएर अबैध रूपमा नेपालतर्फ भित्र्याइरहेको अवस्थामा ६ वटा भारतीय ट्याक्टरमा रहेको १ हजार ३ सय ५० बोरा मसुरोको दाल बरामद गरेको छ।

दालको बजार मूल्य झण्डै १ करोड रहेको र बरामद गरिएको दाल तथा ट्याक्टर थप कार्यवाहीका लागि वीरगन्ज भंसार कार्यालयमा बुझाउने प्रकृया अगाडि बढाइएको प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो। रातको समयमा पर्साको ग्रामीण नाकाबाट राजश्व छली ठूलो परिणाममा दाल भित्र्याइरहेको सूचना आएपछि बिहान ३ बजे आफैं घटनास्थलमा पुगेको प्रहरी उपरीक्षक शाहले बताउनुभयो।

दाल वीरगन्ज गहवाका नामुद तस्कर भारतीय नागरिक उमेश साह तेलीको रहेको श्रोतले जनाएको छ।
तेली भारतमा फरार अभियुक्तसमेत रहेका छन् उनलाई भारतीय प्रहरीले खोजतलाससमेत गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्