फास्ट ट्रइक सरकारले छिट्टै बनाउँछः प्रचण्ड



काठमाडौं, (नेस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले काठमाडौं–निजगढ फास्ट ट्रइक सरकारले नै निर्माण गर्ने निर्णय गरिसकेकाले छिट्टै काम अगाडि बढाउने बताउनुभएको छ। उहाँले फास्ट ट्रइक निर्माणकार्य तत्काल थाल्ने गरी सरकारले गृहकार्य गरिरहको र छिटै काम अगाडि बढाउने बताउनुभएको हो।

सोमबार फास्ट ट्रइक निर्माणका लागि निजगढबाट पैदल मार्गमार्फत् प्रधानमन्त्रीसँग ज्ञापनपत्र बुझाउन आएका युवाहरूको ज्ञापनपत्र बुझ्दै उहाँले फास्ट ट्रइक नेपालले बनाउनुपर्छ भनेर दबाब दिन मौलिक भएको बताउनुभयो। अभियान सरकारका लागि नैतिक दबाब र ऊर्जाको अर्थमा आफूले लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले फास्ट ट्रइक नेपाल आफैंले बनाउनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो।

विकासका लागि युवाहरूको एकता र ऊर्जा प्रेरणादायी भएकोमा जोड दिँदै प्रधानमन्त्रीले प्रचण्डले भन्नुभयो– ‘राजनीतिक उद्देश्यका लागि त यस्ता पैदल यात्रा धेरै भए। तर, विकासका लागि पैदल यात्रा र दबाब त्यति धेरै हुने गरेका छैनन्। तपार्इंहरूको चासो र चिन्तालाई सरकारले गम्भीरतापूर्वक लिन्छ। फास्ट ट्रइक निर्माणका लागि तपार्इंहरूले जुन सामाग्री दिनुभएको छ, यसलाई म तुरुन्तै सम्बन्धित मन्त्रालय र विभागमा पठाउँछु। यहाँहरूले दिनुभएका सामाग्री हाम्रा लागि सर्कुलरको अर्थमा लिएको छु।

ज्ञापनपत्र बुझाउन आएको टोलीले बारा जिल्लामा अवस्थित ठूला राष्ट्रिय गौरवका आयोजना काठमाडौं–निजगढ द्रूतमार्ग र निजगढ विमानस्थलको निर्माण कार्य नेपाली लगानीमा नै तुरुन्त अगाडि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

प्रतिक्रिया दिनुहोस्