प्रितको नशा



गायिका मेलिना राई र गायक रेवत राईले आफ्ना युगल एल्बम अलग उपहारको रिलिजअघि नै अलिकति प्रितको नशाले बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

विश्वकाजी राईको शब्द र हालै मात्र लक्स कामना फिल्म अवार्डस् २०७३ को संगीतकारको ब्ल्याक ब्युटी ट्रफी चुमेका संगीतकार अर्जुन पोखरेलको संगीत रहेको यो गीतको म्युजिक भिडियोमा हालमा यूकेमा रहेकी अभिनेत्री प्रियंका कार्कीले अभिनय गरेकी छिन्। भिडियोमा उनीसँग मोडल जीवन भट्टराईको लभ केमेस्ट्री जमेको छ। राजीव समरको कोरियोग्राफी रहेको यो गीतको म्युजिक भिडियो निर्देशन निकेश खड्काले गरेका छन्।

रोमान्टिक शैलीको यो गीतबाट आफूले निकै आशा राखेको गायिका मेलिनाले बताइन्। गायक रेवतले अलग उपहारमा कुल ८ गीत समावेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस्