क्यासीको उपाध्यक्षमा श्रेष्ठ पुनः निर्वाचित



काठमाडौं, (नेस)

एसिया प्रशान्त क्षेत्रहरूका उद्योग वाणिज्य समूहको छाता संगठन कन्फडेरेशन अफ एसिया प्यासिफिक चेम्बर अफ कर्मस एन्ड इण्डष्ट्री (क्यासी) को ताइवानमा सम्पन्न ३०औं सम्मेलन तथा ५०औं वार्षिकोत्सवबाट प्रदीपकुमार श्रेष्ठ पुनः उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष श्रेष्ठ नेपालको प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या उद्योग समूहका प्रबन्ध निर्देशकसमेत हुनुहुन्छ।

एसिया प्रशान्त क्षेत्रमा आर्थिक समृद्धि, व्यापारिक साझेदारीको अभिवृद्धि गर्ने उद्देश्यले सन १९६६ मा स्थापना भएको क्यासीमा रसिया, कोरिया, जापान, ताइवान, भारत, पाकिस्तान, थाइल्यान्ड, इरान, बंगलादेश, हङकङ, अस्ट्रेलिया, मलेसिया, सिंगापुरलगायत २६ राष्ट्रका कुल २८ उद्योग संगठनहरू सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्