नबिल बैंकका कर्मचारीहरू सम्मानित



काठमाडौं, (नेस)

नबिल बैंकले बैंकमा २५ वर्षभन्दा बढी समय निरन्तर सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मानित गरेको छ। नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले एक भव्य समारोहमा कर्मचारीहरूलाई सम्मान गर्नुभयो।

उक्त समारोहमा बैकंको सञ्चालक समितिका सदस्यहरू, पूर्व सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा पूर्वप्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो। नबिल बैंक देशकै संयुक्त लगानीमा स्थापित निजी क्षेत्रकै पहिलो बैंक हो।

प्रतिक्रिया दिनुहोस्