आयोजक हिम्सलाई उपाधी



नेपाल समाचारपत्र
काठमाडौं
आयोजक हिम्स स्कुल आठौं हिम्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाईज तर्फ को उपाधी हात पार्न सफल भएको छ ।

सोमबर सम्पन्न खेलमा हिम्सले बिएन एकेडेमीलाई ५५–४६ अंकले पराजित गर्दै उपाधी हात पारेको हो । बिजेता टोलीको लागि जोयल घलेले ३६ अंक जोडे । यस्तै गल्र्स तर्फको खेलमा भ्याली पब्लिक स्कुलले श्रीदिवा स्कुललाई ३४ – १० अंकले पराजित गर्दै उपाधी हात पार्यो ।

भ्यालीको जितमा प्रतिक्षा मगरले १४ अंकको योगदान गरिन् । प्रतियोगितामा ब्वाईज तर्फ हिम्सका जोयल घले र गल्र्स तर्फ प्रतिक्षा मगर मोष्ट भ्यालुएबल प्लेयर घोषित भए ।

प्रतिक्रिया दिनुहोस्