पर्यटन बोर्डको सद्भावनादूतमा मोपेट नियुक्त



काठमाडौं, (नेस)

नेपाल पर्यटन बोर्डले हिमाल आरोही तथा फिल्म मेकर बेलायती नागरिक जेरी मोफेटलाई अन्तर्राष्ट्रिय सद्भावनादूत नियुक्त गरेको छ। नेपाल पर्यटन बोर्डले एक कार्यक्रम गरी मोफेटलाई सद्भावनादूत नियुक्त गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी तथा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मोफेटलाई सद्भावनादूत नियुक्तिको पत्र प्रदान गर्नुभएको थियो।

मोफेट विगत ३२ वर्षदेखि नेपालको पर्वतारोहण र कायाकिङमा संलग्न रहँदै आउनुभएको छ। उहाँको योगदानको कदर गर्दै नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान) र नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्ट्स (नारा) ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले अबका दिनमा पनि मोफेटले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्