नवनियुक्त डीन अग्रवालद्वारा पदभार ग्रहण



नेपाल समाचारपत्र
काठमाडौं

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा नवनियुक्त डीन प्राडा जगदीशप्रसाद अग्रवालले पदभार सम्हाल्नुभएको छ। चिकित्साशास्त्र अध्ययन संस्थानलाई स्वायत्तता बनाउने, वरिष्ठता क्रममा डीन नियुक्त गर्नुपर्ने, चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारको माग राख्दै २२ दिनदेखि आमरण अनशनमा बस्नुभएका प्राडा गोविन्द केसीले अनशन तोड्नुभएलगत्तै शनिबार नियुक्त गरिएका डीन डा. अग्रवालले पदभार सम्हाल्नुभएको छ।

डीन कार्यालयमा डा. अग्रवाललाई नियुक्त गरेलगतै शनिबार राति संघर्ष समितिको नामबाट तालाबन्दी भएको छ। आइतबारसम्म पनि तालबन्दी कसले गरेको भन्ने बारेमा स्पष्ट नभएको अवस्थामा अग्रवालले त्रिवि शिक्षण अस्पतालको अर्को भवनमा बसेर पदभार सम्हाल्नुभएको हो।

डा. केसीले वष्ठिताका आधारमा डीन नियुक्त गर्नुपर्ने अडान राख्दै आमरण अनशन बसेपछि २०औं दिनका दिन यसअघि नियुक्त हुनुभएका डा. केशवप्रसाद सिंहले उहाँको जीवन रक्षाका लागि भन्दै राजीनामा दिनुभएको थियो। सिंहले राजीनामा दिएलगत्तै त्रिविले राजीनामा स्वीकृत गरी डा. अग्रवाललाई नियुक्त गरेको हो। यसअघिको डीन सिफारिस समितिले डा. अग्रवालको नाम वरिष्ठताका आधारमा १ नम्बरमा राखेर पठाउँदापठाउँदै त्रिवि परिषद्ले दोस्रो नम्बरमा रहेका डा. सिंहलाई डीन नियुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्