निर्वाचन केन्द्रित संरचना बनाउँदै माओवादी



नेपाल समाचारपत्र
काठमाडौं

सरकारले स्थानीय तहको निर्वाचनमा जाने तयारी गरेसँगै सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादीले केन्द्रले पनि निर्वाचन केन्द्रित संगठनात्मक संरचना निर्माणको गृहकार्यमा जुटेको छ।
संविधान संशोधन विधेयक पास नभए पनि निर्वाचनको मिति घोषणा गर्ने तयारी सरकारले गरेपछि माओवादीले निर्वाचन केन्द्रित संगठनात्मक संरचना निर्माणमा जुटेको हो।

पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड⁄ ले संविधान कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउँदै आउनुभएको छ। विभिन्न माओवादी शक्तिबीच पार्टी एकीकरण भए पनि हाल माओवादीमा २ हजार ५ सयभन्दा बढी महाधिवेशन आयोजक समिति रहेका छन्।

पार्टी एकीकरणबाट आएका नेताहरूलाई समायोजन गर्ने नाममा शुरुमा झन्डै ६ सय रहेको महाधिवेशन आयोजक समिति हाल २ हजार ५ सयभन्दा बढी पुगेको छ।

जम्बो केन्द्रीय समिति बनाउँदा पटक–पटक बैठक बोलाए पनि स्थगित हुँदै आएको छ। महाधिवेशन आयोजक समिति २ हजार ५ सयबाट नबढाउने गरी सात प्रदेशका इन्चार्जहरूले गृहकार्य शुरु गरेका छन्।

प्रधानमन्त्रीको निजी निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले संगठनात्मक विषयमा छलफल भएको पार्टी प्रवक्ता पम्फा भुसालले बताउनुभयो।उहाँले भन्नुभयो– ‘पार्टीको पोलिटब्युरो सदस्य थप र आगामि स्थानीय तहको निर्वाचन लक्षित संगठनात्मक कार्ययोजनामाथि गृहकार्य शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्