सीजी लक्स कामना फिल्म अवार्ड प्रदान



रश्मी थापा, काठमाडौं

लचित्र पशुपतिप्रसादलाई सर्वोत्कृष्ट चलचित्र, त्यसैका निर्देशक दीपेन्द्र के खनाललाई सर्वोत्कृष्ट निर्देशक र नम्रता श्रेष्ठलाई सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्रदान गर्दै यस वर्षको बहुप्रतिक्षित सिनेमा अवार्ड ‘लक्स कामना फिल्म अवार्डस् २०७३⁄ भव्यताका साथ सम्पन्न भएको छ।

चलचित्र क्षेत्रका हस्तीहरूको जमघटका साथ शनिबार राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न अवार्ड समारोह सम्झना र सम्मानबाट प्रारम्भ भएको थियो। नेपाली चलचित्र अवार्डका शुरुआतकर्ता समाजसेवी स्व. भरतलाल श्रेष्ठको स्मृतिमा श्रव्यदृश्य सामग्रीसहित श्रद्धासुमन व्यक्त गर्दै आरम्भ गरिएको कार्यक्रमको शुरुआतमै ख्यातिप्राप्त अभिनेता तथा रंगकर्मी हरिहर शर्माको जोडदार कार्यक्रम सञ्चालनका साथ चलचित्र लेखन, निर्देशन र अध्यापनको क्षेत्रबाट यस क्षेत्रमा योगदान पुर्याएबापत लक्ष्मीनाथ शर्मा तथा नेपाली माटोमै रहेर ध्वनिसम्बन्धी कार्य गर्दै योगदान पुर्याएवापत प्रदीप उपाध्यायलाई कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड) २०७३ बाट सम्मान गरिएको थियो।

शर्मा र उपाध्यायलाई जनही १ लाख रुपियाँका साथ सम्मान अर्पण गरिएको थियो।

कामनाको आयोजना र सीजी इन्टरटेनमेन्टको प्रस्तुतिमा भएको लक्स कामना फिल्म अवार्डस् २०७३ मा ड्रिम्स नवनिर्देशक, नवनायिका, नृत्य निर्देशन, छायांकन, पाश्र्वसंगीत र शृंगार गरी कुल सर्वाधिक छawardsविधाको अवार्ड चुम्न सफल भएको छ भने सर्वोत्कृष्ट चलचित्र र निर्देशनको अवार्ड उचाल्न सफल पशुपतिप्रसाद कथा, पटकथा, खलअभिनेतासहित ५ विधाको अवार्ड चुम्न सफल भएको छ। समारोहमा चलचित्र प्रेमगीतले पनि ५ अवार्ड नै उचालेको छ।

प्रेमगीतले सहअभिनेता, संगीतकार, गीतकार, गायक र गायिका गरी ५ विधाकै अवार्ड चुमेको छ। अभिनेता हरिहर शर्माको संयोजकवत्वमा लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, गायिका मीरा राणा र एनिमेटर, सम्पादक तथा गीतकार करुण थापा सदस्य रहेको निर्णायक मण्डलले यसपटकको जुरी अवार्ड २ विधामा प्रदान गरेको छ। निर्देशनतर्पm वडा नम्बर छका लागि उज्ज्वल घिमिरेलाई प्रदान गरिएको यो अवार्ड चलचित्रतर्पm कबडड्ी कबड्डीलाई प्रदान गरिएको छ।
नौला र रोमाञ्चक प्रस्तुतिका साथ सम्पन्न समारोहमा नवनिर्देशकको अवार्ड भुवन केसीले उचाले भने उनकै डेब्यु निर्देशनको चलचित्र ड्रिम्सकै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नवनायिकाको अवार्डलाई आफ्नो बनाइन्। त्यसै गरी प्रेम गीतबाट सरोज खनाल सर्वोत्कृट सहअभिनेता भए भने क्लासिकबाट प्रियंकाawardsssकार्की सहअभिनेत्रीको अवार्ड विजेता भइन्। हाल युकेमा रहेकी नायिका कार्कीले यसै वर्षबाट शुरु भएको लक्स पपुलर च्वाइस अवार्डलाई पनि आफ्नो बनाइन्। गीत संगीततर्पmको सम्पूर्ण अवार्ड भने चलचित्र प्रेम गीतले चुेमेको छ।

यो चलचित्रबाट डा. कृष्णहरि बराल सर्वोत्कृष्ट गीतकार, अर्जुन पोखरेल संगीतकार, सुगम पोखरेल पाश्र्व गायक र अञ्जु पन्त पाश्र्व गायिकाको अवार्ड विजेता भए। डा. बराल यसअघिको सीजी कामना फिल्म अवार्डस् २०७१ मा पनि गीतकारका रूपमा विजयी भएका थिए भने अधकट्टीबाट हास्य कलाकारका
रूपमा विजयी विलशनविक्रम राईले पनि यसअघिको पहिलो कामना अवार्डमा यही विधाको अवार्ड चुमेका थिए। चलचित्र ड्रिम्सबाट नृत्य निर्देशकको अवार्डलाई आफ्नो बनाएका कविराज गहतराजले पनि यसअघिको कामना फिल्म अवार्डबाट यही विधाको अवार्डमाथि विजय हासिल गरेका थिए।

मुम्बईबाट आएका प्राविधिक नृत्य कलाकारहरू नेपालमै पहिलोपटक प्रस्तुत गरेको प्रकाश व्यवस्थापन र कलाको सम्मिश्रणले भरिपूर्ण रोचक ट्रोन डान्स, वनलेग डान्सर रोमा न्यौपानेले एउटै खुट्टाको सहारामा गरेको जोसिलो नृत्य, नृत्य कलाकार गोरन चौधरी र नायिका नम्रता सापकोटाका साथमा समूहले प्रस्तुत गरेको कन्टेम्पोररी डान्स र कार्टुन्ज त्र्mयुको अर्को रोमाञ्चक फ्युजन डान्ससँगै अगाडि बढेको समारोहमा संगीतर्पmको सीजी क्रिटिक्स अवार्ड गायक राजेशपायल राई, रंगकर्मतर्पmको सीजी क्रिटिक्स अवार्ड रंगकर्मी सरिता गिरी र फेसनतर्पmको सीजी क्रिटिक्स अवार्ड मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्रकारले चुमे।

प्रतिक्रिया दिनुहोस्