कोपिला र कमलाको जोडी फाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं

पाँचौं महिला तथा छैठौं राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा महिलातर्फ पुलिसकी कोपिला उप्रेती र कमला पुन तथा एपीएफकी रेश्मा भण्डारी र निसाना बलालको जोडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

दोलालघाटस्थित इन्द्रवती खोलाको बिचमा शुक्रबार भएको खेलमा कोपिला र कमलाको जोडीले आफ्नै विभागकी निता शाह र मनिषा चौधरीको जोडीलाई २१–१५ र २१–१० को सोझो सेटमा हराउँदै उपाधि यात्रा तय गरेका थिए। अर्को सेमिफाइनल खेलमा एपीएफकी रेश्मा र निसानाको जोडीले पश्चिमाञ्चलकी अरूणा शाही र मञ्जु गुरुङको जोडीलाई २१–१५ र २१–१२ को सोझो सेटमा स्तब्ध पार्दै फाइनलमा प्रवेश गरेका थिए।

नेपाल भलिबल संघको आयोजना र काभ्रे जिल्ला भलिबल संघको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिताको पुरुषतर्फ नेपाल आर्मीका दुवै टिम फाइनलमा प्रवेश गरेका छन्। आर्मी ‘एुका दीप खड्का र रिसिधन मगरको जोडीले पुलिसका चन्द्र कुँवर र प्रज्वल मल्लको जोडीलाई २१–१५ र २१–११ ले स्तब्ध पार्दै फाइनलमा प्रवेश गरेका छन्। अर्को सेमीफाइनलमा आर्मीकै दिल सुनार र दुर्गा महतोको जोडीले एपीएफका सुरेश चौधरी र मिलन मल्लको जोडीलाई २१–१४ र २१–१६ को सोझो सेटमा हराए। फाइनल खेल शनिबार हुनेछन्।

प्रतिक्रिया दिनुहोस्