कस्का लागि संशोधन ?



अहिले संविधान संशोधन प्रस्तावका कारण देशैभरि भाँडभैलोको अवस्था सिर्जना भएको छ। सरकारले किन संविधान संशोधनको प्रस्ताव ल्याएको भन्दा असहमत हुनेहरूलाई सहमतिमा ल्याउनका लागि हो भनिन्छ।

तर, असहमतिमा रहनेहरू सहमतिमा आउने त कुरै छोडौं झन् असहमति राख्नेहरू जताततै बढेका छन्। मधेसीको असहमति सम्बोधन गर्ने भनिएको उनीहरू झन् अहमत। जनजातिलाई सम्बोधन गर्ने भनेको उनीहरू झन् असहमत। सत्तारूढ घटकका आफ्नै नेताहरू हिजो बुटवलको आन्दोलनमा सरिक भएको देखियो। सहमत भएकाहरू पनि असहमत देखिए। रमाइलो छैन त पाठकवृन्द ? बरु संविधान संशोधन गरेर संघीयता नै खारेज गरे अलि बढी जनता चुप लाग्थे कि।

मान्छेलाई विभिन्न भाषाभाषी र जातजाति तथा भूगोलका आधारमा विखण्डन गर्यो, अनि राज गर्यो। नेताहरूको यो शैली अब फेल खाने संकेत देखिएको छ। जनता अझ जागरुक भएर निस्केका छन्। नेताहरूले रणनीति नफेरे अब गाह्रो हुनेवाला देखिएको छ। विभाजन जनताले रुचाएनन्, उनीहरू एकताको पक्षमा छन्। नेताका लागि जनता विभाजित भइदिनुपर्ने काम बन्द गरुम् है। नत्र नेतालाई जनताले विभाजन गर्लान् नि ? होइन त पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्