मानवताको नमुना



सिडनी, (एजेन्सी)
क्यान्सरको कारण सिकिस्त अवस्थामा पुगेका अष्ट्रेलियाका एक जना १२ वर्षीय बालकको इच्छाअनुसार एक विशेष प्रहरी दलले विस्फोटक पदार्थ विस्फोट गरेको छ।

सन् २०१५ मा क्यान्सरको पहिचान भएका ती डिक्लान नामक केटोका लागि ‘मेक–अ–विस अष्ट्रेलियाु नाम एक संस्थाले एक दिने कार्यक्रमको आयोजना गरेको थियो। एउटा प्रहरी तालिम केन्द्रमा बन्धक छुटाउने तालिम अभ्यास गर्दै उनको उपस्थितिमा प्रहरीले विस्फोट गराएको थियो।

प्रधानमन्त्री माल्कोम टर्नवुलले पनि उनलाई भीआईपी सम्मान दिएका थिए। अहिले स्वास्थ्य स्थिति निकै गम्भीर रहेका डिक्लानलाई प्रधानमन्त्रीको कुर्सीमा राखिनुका साथै मन्त्रीमण्डल कक्ष र संसद् भवनको पनि भ्रमण गराइएको थियो। विपक्षी नेताहरूले पनि सकारको यस मानवीय कदमको तारिफ गरेका छन्।

प्रतिक्रिया दिनुहोस्