संशोधनविरुद्ध अर्को रिट



काठमाडौं, (नेस)

गैरसंवैधानिक रूपमा संविधान संशोधन विधेयक संसद्मा दर्ता गरिएको जनाई सर्वोच्च अदालतमा अर्को रिट निवेदन दायर गरिएको छ।

पूर्वसांसद मञ्चका उपाध्यक्षद्वय विष्णुबहादुर राउत र झलकनाथ वाग्ले, महासचिव शंकरनाथ शर्मा अधिकारी, सचिव बर्मनारायण चौधरी थारू, सदस्य शारदा पोखरेल, अधिवक्ताहरू अम्वरबहादुर राउत र विमल ज्ञवालीलगायतले रिट निवेदन दायर गर्नुभएको हो।

रिट निवेदनमा संसद्ले प्रदेशको सीमा हेरफेर गर्ने गरी संविधान संशोधन गर्न नसक्ने दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्