गुल्मीमा अनिश्चित्कालीन आमहड्ताल



गुल्मी, (नेस)

गुल्मीमा अनिश्चित्कालीन आमहड्ताल हुने भएको छ। संविधान संशोधनमा पहाडी जिल्ला छुट्टयाएको विरोधमा बुधबार राति सम्पन्न विभिन्न राजनैतिक दल, संघसंस्था, पत्रकार, नागरिक समाजलगायतको बैठकले बिहीबारदेखि गुल्मीमा आन्दोलनको कार्यक्रमलाई थप सशक्त रूपमा अगाडि बढाउने निर्णय गरेको छ। यातायात, बजार, पसल, सरकारी कार्यालय सबै ठप्प बनाउने सर्वदलीय बैठकले निर्णय गरेको छ।
बिहीबार एक दिनका लागि शैक्षिक संस्थाहरू खुल्ने तथा शुक्रबारदेखि सबै क्षेत्र अनिश्चित्कालका लागि बन्द गर्ने बताइएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिको कार्यालय गुल्मीलगायतका कार्यालयमा कामकाज ठप्प पार्ने निर्णयसमेत गरिएको छ।

आन्दोलनलाई प्रभावकारी बनाउन ९ सदस्य रहेको आन्दोलन परिचालन समिति समेग गठन गरिएको छ। जसमा विभिन्न राजनीतिक दलबाट ५ जना, पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, उद्योग वाणिज्य संघ, नागरिक समाजबाट १⁄१ जना गरी ९ जनाको समिति निर्माण गरी आन्दोलनलाई सशक्त प्रभावकारी ढंगबाट अगाडि बढाउने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्