छोरोलाई एड्स सार्ने पापी पिता



लुसी ह्यान्कक, बीबीसी वल्र्ड सर्भिस

शरीरमा एचआईभी संक्रमित रगत भरिएको सिरिन्जबाट इन्जेक्सन दिँदा पिता बेर्रान ज्याक्सनले छोरो हुर्केला भन्ने आशा राखेका थिएनन्। तर त्यही छोरोले उक्त घटनाको २४ वर्षपछि उनलाई जघन्य अपराधविरुद्ध मुद्दा हाले। लन्च टाइममा अमेरिकाको मिसौरी कारागारमा अत्तालिएका बेर्रान ज्याक्सन प्रतीक्षालयमा बसिरहेका थिए।

पुछारको अर्को एउटा कोठामा सेतो कैदी लुगा लगाएका एक व्यक्ति उनैलाई पर्खिरहेका थिए। शिशुकालदेखि नभेटेका ती ब्रायन स्टेवार्ट ज्याक्ससनकै पिता थिए। आफ्नो पितालाई सकेसम्म लामो समयसम्म कारगारमा राखिरहून् भन्ने विज्ञप्ति सुन्न उनी त्यहाँ गएका थिए। टाइप गरिएको एक पन्ना सेतो कागज लिएर ज्याक्सन आफ्नी आमा छेउ बसे।

पाँच सिट पछाडि उनका पिता थिए। ज्याक्सनले अलि पर पर हेरिहेका थिए। उनलाई आफ्नो पितासँग आँखा जुधाउने रहर थिएन। छड्के नजरले हेर्दा उनले पिताको अनुहारको केही भाग देखे। वास्तवमा उनलाई त्यो मान्छे आफ्नो पिता हुन् भन्ने हैसियतले चिन्ने इच्छा नै थिएन। क्षमा दिने बोर्डले ज्याक्सनलाई पिडकको विज्ञप्ति ठूलो स्वरमा पढ्न लगाउन त्यहँँ बोलाएको थियो। वास्तवमा उनको आमाले आफ्नो पतिलाई छोरो पनि बिरामी छन् भन्ने थाहा दिलाउन त्यहाँ बोलाएकी थिइन्।

त्यतिबेला ज्याकस्नलाई आफूले के गर्न लागेको भन्ने कुरामा समेत निकै अलमल थियो। तर उनकी आमाले उनलाई सधैं साहसी बन्न सिकाएकी थिइन्। ज्याक्सनले लामो श्वास तानेर क्षमा दिने बोर्डलाई आफ्नो कथा शुरु गर्छन्। मिसौरीको एक सैनिक तालिम केन्द्रमा उनका मातापिताको भेट भएको थियो। तिनीहरु दुवै चिकित्सिकीय तालिम लिँदै थिए।

तिनीहरु सँगसँगै हिँड्न थालेको पाँच महिनापछि अर्थात् सन् १९९१ को मध्यतिर उनकी आमा गर्भवती भइन्। छोरो पाउँदा शुरुमा त स्टेवार्ट निकै खुसी भएका थिए। तर साउदी अरेबियामा अपरेसन डजर्ट स्टोर्ममा गएदेखि उनको स्वभाव अचानक परिणत भयो। त्यहाँबाट फर्केपछि उनले ज्याक्सन आफ्नो छोरो नभएको भन्दै निहुँ खोज्न थाले। उनले डीएनए परीक्षणका लागि ढिपी कस्दै ज्याक्सनकी आमालाई मानसिक र शारीरिक यातना दिन थाले। अन्ततः तिनीहरु छुट्टिए। उनीहरुबीच बच्चा पाल्न चाहिने खर्चबारे ठूलै विवाद भयो। स्टेवार्टले खर्च दिन अस्वीकार गरे। ज्याक्सनले विगत सम्झिँदै भने– ‘आमालाई छाड्ने बेला उनले तिम्रो बच्चा पाँच वर्षभन्दा माथि बाँच्दैन भनी धम्की दिएका थिए।’

त्यसपछि एउटा रगत परीक्षण गर्ने प्रयोगशालामा काम गर्न थालेका उनले घरमा संक्रमित रगत जम्मा गर्न थालेको अनुसन्धानकर्ताहरुले पछि पत्ता लगाएका थिए। उनले आफ्ना सहकर्मीहरुलाई ख्याल गर्दै भन्ने गर्दथे– ‘मैले चाहेको खण्डमा कसैलाई पन थाहै नदिईकन यो भाइरस संक्रमित रगत सार्न सक्छु।’ ज्याक्सन एघार महिनाको पुग्दा उनकी आमाको पतिसँगको सम्पर्क पूर्णरूपमा विच्छेद भइसकेको थियो।

तर दमको कारण ज्याक्स्नलाई अस्पतालमा राखिएको बेला उनले पतिलाई फोन गरिन्। छोराको अस्वस्थताको जानकारी दिन फोन गर्दा स्टेवर्टका साथीहरुले उनको कुनै बच्चा नभएको जवाफ फर्काए। तर ज्याक्सन डिस्चार्ज हुने दिन स्टेवर्ट अप्रत्याशितरूपमा अस्पतालमा देखिए। यसरी उनले अचानक छोरो हेर्न आएको देखेर सबै छक्क परेका थिए।

उनले सफ्ट ड्रिंक ल्याउने वहानामा पत्नीलाई क्याफेमा पठाए। त्यसपछि छोराको शरीरमा एचआईभी संक्रमित रगत भएको इन्जेक्सन दिए। ज्याक्सनले बताए– ‘सायद म मरेपछि लालन पालनको खर्च बच्ने उद्देश्यले उनले त्यो गरेको हुनुपर्छ।’ छोरो पिताको अँगालोमा चिच्याएर रोइरहेको अवस्थामा आमा त्यहाँ आइपुगिन्। पापीले एचआईभी संक्रमित मात्र नभई बच्चाको रगतसँग म्याचै नभएको रगत दिएको थियो।

उनी डरलाग्दो भाइरस संक्रमित भइसकेको थाहा नपाएका डाक्टरहरुले उनको नाडीको गति र श्वासप्रश्वास स्थिति सामान्य बनाएर उनलाई घर फर्काइदिए। तर त्यसको केही सातापछि ज्याक्सनकी आमाले हेर्दाहेर्दै छोराको स्वास्थ बिगिँ्रदै गएको देखिन्। थुपै्र परीक्षण गरियो तर के भएको पत्तै लागेन। ज्याक्सनले भने– ‘४ वर्षसम्म मेरी आमाले मलाई बाकेर विभिन्न डाक्टर धाइन्। तर तिनीहरुले गरेका कुनै पनि परीक्षणबाट रोगको पहिचान भएन।

बच्चै भए पनि ज्याक्सन आफ्नो स्वास्थप्रति निकै सजग र त्रसित थिए। उनी राति पनि चिच्याएर बिउँझिन्थे र आमालाई अनुनय गर्थे– ‘आम⁄ मलाई मर्न नदिनुहोस्।’ एक राति शंका लागेका सबै रोगको परीक्षणपछि बाल रोग विशेषज्ञले झसंग हुँदै भने– ‘एकपटक तपाईं बच्चाको एचआईभी परीक्षण गराउनुहोस्।’ परीक्षणको परिणाममा उनलाई एड्स नै भइसकेको देखियो। डाक्टरहरुले एड्सकै कारण हुने तीनवटा संक्रमण पनि भइसकेकाले उनको ज्यान जोगिने सम्भावना नरहेको बताए।

तिनीहरुले उनलाई ५ महिना बाँच्ला भन्दै घर पठाए। तर डाक्टरहरुले भए भरको औषधि र उपायले उपचार गरी नै रहे। उनी एक दुई दिन ठीक देखिन्थे। फेरि तुरुन्तै केही संक्रमण हुनासाथै उनलाई अस्पताल दौडाइन्थ्यो। अत्यधिक औषधि प्रयोगको साइड इफेक्टको कारण उनले बाँया कानले नसुन्ने भइसकेका थिए। त्यस्तै समस्या लिएर आउने अन्य बालबालिका मर्ने गर्दथे।

तर ज्याक्सनको अवस्थामा सुधार हुने गरेको देखेर डाक्टरहरु नै छक्क पर्थे। विस्तारै उनले विद्यालयमा भर्ना भएर आंशिक अध्ययन पनि गर्न थाले। फिल्ममा कुनै बाबुले आफ्नो छोरोलाई माया गरेको दृश्यले ज्याक्सनको मुटु छियाछिया हुन्थ्यो। भगवान्कै कृपा मान्नुपर्छ औष्धी खाँदै गरेका उनमा अझै एड्सग्रस्त भए पनि उनी निकै स्वस्थ देखिन्छन् र छन् पनि।

अहिले उनको टि सेल काउन्ट औसतभन्दा माथि नै छ। बाइबलबाट क्षमा गर्नु नै धर्म भन्ने सिके पनि उनले आफ्ना पितालाई पूर्णरूपमा क्षमा दिन सकेको छैनन्। उनले आफ्नो थरसमेत आमाकोबाट राखेका छन्। उनको पितालाई अझै ४ वर्ष क्षमा नदिइने भन्ने कानुनी सूचना सुनाउन ज्याक्सनलाई सो कारगारमा बोलाइएको हो। स्कुलमा पनि साथीहरुले ‘एडस ब्वोय, गे ब्वोय’ भनेर हैरान पार्ने गर्थे उनलाई। कहिलेकाहीं अझै सपनीमा पनि पिताले इन्जेक्सन लगाउन आएको डरले तर्सिने गरेका उनी आफ्नो पितालाई जेलमै राखिराखे हुने बताउँछन्।

प्रतिक्रिया दिनुहोस्