सामाजिक उत्तरदायित्वका लागि टेस्ट ड्राइभ अभियान



कुनैपनि व्यवसायलाई दीगो रूपमा सही तरिकाले अगाडि बढाएर उल्लेख्य सफलता हाँसिल गर्नका निमित्त कर्पोरेट सामाजिक उत्तरदायित्वको भूमिका अपरिहार्य छ भन्दा दुईमत नहोला। आजका आम उपभोक्ताहरू बढी सचेत र स्मार्ट बनिसकेका छन्। सोहीअनुरूप कर्पोरेट हाउसहरूले पनि आफ्नो व्यवसायलाई निरन्तरता दिनका निमित्त नयाँ सोचको विकास गर्दै कर्पोरेट सामाजिक उत्तरदायित्वका विभिन्न क्रियाकलापहरूमा लगानी गर्दै आएको पाइन्छ।

समाजका लागि केही योगदान गर्ने र आफ्नो कम्पनीको सामाजिक छविलाई अझ राम्रो बनाउने उद्देश्यका साथ विभिन्न कम्पनीहरूले भिन्दाभिन्दै क्रियाकलापहरू गर्दै आइरहेका छन्।

यसै सन्दर्भमा नेपालको सुप्रसिद्ध व्यापारिक घरानाहरूमध्ये एक र टाटा मोटर्स्को नेपालका लागि एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा पहिलोपटक ‘शिक्षाका लागि टेस्ट ड्राइभ’ सामाजिक अभियान सञ्चालन गरिरहेको छ।

सेप्टेम्बर १०, २०१६ बाट सञ्चालन भएको उक्त टेस्ट ड्राइभ हालसम्म काठमाडौं उपत्यकाका १० वटा विद्यालयहरूमा सञ्चालन भइसकेको छ। जेम्स स्कुल, लिटिल एन्जल्स् स्कुल, प्यारागन पब्लिक स्कुल, ई.पी.एस. स्कुल, एस स्कुल, एपेक्स लाइफ स्कुल, भी.एस. निकेतन, जोसेफ स्कुल, प्रोग्रेसिभ स्कुल र अक्षरा स्कुलमा अभियान सञ्चालन भइसकेको छ।

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत, राजनबाबु श्रेष्ठका अनुसार यो अभियानको नाम नै शिक्षाका लागि टेस्ट ड्राइभ भएको हुनाले प्रत्येक सहभागीले विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि टेस्ट ड्राइभमार्फत् अप्रत्यक्ष रूपमा सहयोग गरेका हुन्छन् जसले गर्दा नेपालमा रहेका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षामा मद्दत पुग्नेछ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस अभियानका लागि हामीले टाटाका नयाँ मोडेलका कारहरू टिआगो , बोल्ट र जेष्ट (त्ष्बनय, द्ययति र श्भकत ० लाई टेस्ट ड्राइभका लागि राखेका छौं। हामीले टेस्ट ड्राइभ सञ्चालन गर्नुभन्दा अघि नै अभिभावकहरूलाई एउटा चिठ्ठी पठाउने गरेका छौं। उक्त चिठ्ठीमा विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सहयोग गर्न २० मिनेट समय दिनुहोस्, तपाईंको सानो सहयोगले कसैको भविष्य उज्जवल हुन्छ भन्नेजस्ता कुराहरू विद्यार्थीहरूकै भाषामा लेखिएको हुन्छ। अभिभावकहरूद्वारा गरिएको प्रत्येक टेस्ट ड्राइभ बापत् टाटा मोटर्स्ले प्रत्येक विद्यालयलाई ५ सय रुयियाँ प्रदान गर्नेछ। जम्मा भएको रकम विद्यालयले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको पढाइका लागि खर्च गर्नेछ, भन्नुभयो ।

यसैक्रममा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी निर्देशक ( सिओआ), राजेश प्रसाद गिरीका अनुसार नेपालमा अहिले पनि त्यस्ता विपन्न परिवारहरू छन् जसले आर्थिक अभावका कारण आफ्ना बालबच्चाहरूलाई विद्यालय पठाउन असक्षम छन्। उहाले भन्नुभयो–‘यस्तो परिस्थितिमा आफ्नो कम्पनीले एउटा रणनीतिक सोच बनाएको जसले गर्दा विद्यालयहरूले आफ्नो छात्रवृत्ति कोषहरू बढाएर जम्मा भएको रकम त्यस्ता असक्षम परिवारका बालबालिकाहरूको शिक्षाको लागि खर्च गर्नेछ’। एउटा विद्यालयले टेस्ट ड्राइभ गराएर छात्रवृत्ति कोष खडा गरेपछि संकलित रकमलाई विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षाका लागि खर्च गर्न पाउनु उनीहरूको लागि आफैंमा ठूलो उपलब्धी भएको साथै अभिभावकहरूप्रति पनि सकारात्मक सन्देश जाने र विद्यार्थीहरूलाई समेत आफ्नो विद्यालयको सामाजिक उत्तरदायित्वको कार्यप्रति गर्व हुने कुरामा आफूहरू आशावादी रहेको उहाको भनाइ थियो।

गिरीका अनुसार उक्त अभियानले टाटा कम्पनीलाई समाजिक उत्तरदायित्व भूमिका निर्वाह गर्ने जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ। साथै सबै मिलेर पूर्ण शिक्षित समाज निर्माण गरी देशलाई विकासको बाटोतिर लम्क्याउन सहयोग गर्ने र हरेक बालबालिको पढ्न पाउने अधिकारसमेत सुनिश्चित गरेको छ।

हामीले यस्तो अभियान सञ्चालन गरेका छौं जहाँ अभिभावकहरूलाई पैसाको साटो आफ्नो थोरै समय निकालेर सामाजिक कार्यमा योगदान पुर्याउन सहयोगका लागि अपिल गरिन्छ। यस अभियानमा हजारौंको संख्यामा अभिभावकहरू उपस्थित भई टेस्ट गर्नुभयो र आफ्नो सन्तुष्टीसमेत व्यक्त गर्नुभयो जसले हामीलाई निकै हर्षित बनाएको छ। हामीले हरेक टेस्ट ड्राइभ बापत् छात्रवृद्धि कोषका लागि केही रकम छुट्याएका छौं जसलाई विद्यालयहरूले थप गरी आवश्यक परेका बालबालिकाहरूको शिक्षाको लागि खर्च गर्नेछ , टाटा मोटर्स्को नेपालका लागि कन्ट्री म्यानेजर हेमन्त पुरानिक भन्नुहुन्छ।

यसैक्रममा सिप्रदी ट्रेडिङ प्रालिका जनरल म्यानेजर प्रविन खतिवडाले शिक्षाका लागि टेस्ट ड्राइभ अभियानले आफूहरूले सोचेभन्दा बढी सफलता हाँसिल गरेको कुरा बताउनुभयो। साथै उहाँले यस अभियानको शुरुका दिनहरूदेखि नै अभिभावकहरूले उल्लेख्य सहभागिता जनाइरहेको, विभिन्न विद्यालयहरूबाट निरन्तर साथ पाइरहेको र ५१ औं दिनसम्म आइपुग्दा उक्त टेस्ट ड्राइभमा ८ हजार २ सय ४४ जना अभिभावकहरूको उत्साहजनक सहभागिता भइसकेको कुरा जानकारी गराउनुभयो।

उहाँका अनुसार उक्त अभियानमा उपस्थित सम्पूर्ण अभिभावकहरू टेस्ट ड्राइभका लागि मात्र नभई आफ्ना जस्तै अन्य स–साना बालबालिकाहरूले पनि शिक्षाको अवसर प्राप्त गरुन् भन्ने उद्देश्यका साथ त्यहाँ उपस्थित भएका थिए। अझ कति अभिभावकहरूले त यस्तो सामाजिक कार्यको लागि पैसा नै दिएर टेस्ट ड्राइभ गर्नसमेत तयार भएको र इच्छुक अभिभावकहरूबाट थुप्रै जिज्ञासाहरू आइरहेकाले निश्चित समयभित्र तोकिएको १० हजार टेस्ट ड्राइभ सञ्चालन गर्ने लक्ष्य पूरा हुने कुरा समेत प्रतिबद्धता जनाउनुभयो। साथै यस अभियानमा सहभागी हुनुभएका व्यक्तिहरूले टाटा कारको बारेमा सम्पूर्ण जानकारीसहित टेस्ट ड्राइभको अनुभव बटुल्ने मौका पाउने साथै प्रायः ट्रक र बसले मात्रै चिनिने टाटा कम्पनीलाई अब कारको माध्यमबाट पनि मानिसहरूले चिन्ने मौका पाउने कुरा बताउनुभयो।

हाल कुनै पनि उत्पादन प्रवद्र्धनका लागि होस् वा कुनै अभियानलाई सफल बनाउन, विज्ञापन र प्रचार प्रसारको उत्तिकै ठूलो भूमिका हुन्छ। एउटा फरक सोचसहितको उपयुक्त एवं प्रभावकारी विज्ञापन क्याम्पेन र त्यसको प्रचारले पनि यस अभियानका लागि अमूल्य योगदान पुर्याएको छ।

यस अभियानको मुख्य उद्देश्य भनेको नेपालकै इतिहासमा एक बृहत एवं सार्थक टेस्ट ड्राइभ अभियान सञ्चालन गर्नु हो। यो एउटा कम्पनीले ब्रान्ड प्रमोसनका लागि मात्र नभई सामाजिक उत्तरदायित्वको निमित्त गरिएको एक विशेष अभियान हो। तसर्थ् यस अभियानको कन्सेप्ट र क्याम्पेन आफैंमा नयाँ भएको कुरा यस अभियानको व्यवस्थापन पक्षलगायत विज्ञापनसमेत गर्दै आएको वेलकम एडभरटाइजिङ एण्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक निर्मलराज पौडेलले बताउनुभयो।

कम्पनीले निर्माण गरेको विज्ञापनहरूमा समेत चर्चित सेलिब्रटीहरूलाई लिएर विज्ञापन निर्माण गर्ने परिपाटीको विपरीत सामान्य, पढ्नका लागि संघर्ष गरेका र शिक्षाकै माध्यमबाट विशिष्ट बनेका व्यक्तिहरूलाई लिएर निर्माण गरिएको छ।

त्यस्ता व्यक्तिहरू मध्येकी एक हुने शुशिला ढकाल। उहाँले शारीरिक असक्षमताका बाबजुत पनि संघर्ष गरी उच्च शिक्षा हाँसिल गरेर हाल सरकारी कार्यालयमा विशिष्ट तहमा कार्यरत हुनुहुन्छ। त्यस्तै आर्थिक रूपमा विपन्न सम्झना पोखरेल, जसलाई माइती नेपालले कक्षा २ देखि पढायो हाल उहाँ लुम्बिनी मेडिकल कलेज पाल्पामा अध्ययनरत हुनुहुन्छ भने अबको १ वर्षपछि उहाँ डाक्टरको रूपमा चिनिनुहुनेछ।

आफ्नो अभियानको नाम नै शिक्षाका लागि टेस्ट ड्राइभ भएकाले मिडिया क्याम्पेनमा समेत शिक्षाको महत्त्वलाई विशेष प्रथमिकता दिएर विज्ञापनहरू निर्माण गरिएको कुरा पौडेलले जानकारी दिनुभयो। यस अभियानलाई काठमाडौं उपत्यकाभित्र मात्र सीमित नराखी नेपालका विभिन्न शहरहरूसम्म पुर्याउने उद्देश्यसहित अबको बाँकी टेस्ट ड्राइभ उपत्यका बाहिरका ७ स्थानहरू सञ्चालन गरिने भएको छ।पोखरा, बुटवल, नेपालगञ्न्ज, भरतपुर, धरान, विराटनगर र बिर्तामोडमा अभियान सञ्चालन गर्न कम्पनीले आवश्यक प्रबन्ध मिलाइसकेको कुरा जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्