मोर्चा पनि विपक्षमा



काठमाडौं, (नेस)

सरकारले मधेसी मोर्चालाई खुसी बनाउन मंगलबार संविधान संशोधनको दोस्रो विधेयक संसद्मा दर्ता गराए पनि मोर्चाले यथास्थितिमा स्वीकार नगर्ने निर्णय गरेको छ।

तमलोपाको केन्द्रीय कार्यालयमा बुधबार बसेको मोर्चाको बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सहमतिबिना संविधान संशोधन गर्न दर्ता गरिएको विधेयक मधेसी, आदिवासी जनजातिलगायत सीमान्तकृत समुदायबाट उठाइएका मुद्दा सम्बोधन नगर्ने निष्कर्ष निकाल्दै यथास्थितिमा स्वीकार गर्न नसकिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्