सिजी इन्टरटेनमेन्टद्वारा प्रस्तुत लक्स कामना फिल्म अवार्डस् २०७३



manoमनोनयनमा पर्नु नै विजयः पल शाह
मेरो विचारमा त उत्कृष्ट ५ मा पर्नु नै विजेता हुनु हो। यस हिसाबले म डेब्यु एक्टरको नोमिनेसनमा परिसकें र अवार्ड जितिसकें। वर्षभरि सयजति फिल्म बनेको हुन्छ। त्यसबाट छानिएर आउनु नै विजेता हुनु बराबर हो। अरूचाहिँ अडियन्सले नै भन्ने कुरा हो। यही होला भन्न गाह्रो छ।

juriजुरीलाई नै छोडौंः सुशील श्रेष्ठ
मेरो विचारमा जसले राम्रो गरेको छ, उसले नै अवार्ड पाउनुपर्छ। होस्टेल रिटन्र्सबाट सुशील श्रेष्ठले डेब्यु एक्टरको अवार्ड पाउनुपर्छ जस्तो लाग्छ। हा…हा…हा..। हैन, हैन सरी, अडियन्स र जुरीले भन्ने कुरा हो। उहाँहरुलाई नै छोडौं है।

kedar
विल्सनले जित्छः केदार घिमिरे
मेरो विचारमा हास्य कलाकारको अवार्ड विल्सन (विक्रम राई) ले जित्छ होला। विल्सन ट्यालेन्ट मान्छे हो नि त। हुन त अरू पनि सबै ट्यालेन्ट नै छन्। सबै मनोनयनमा पर्ने विजेता नै हुन्। अघिल्लोपटकको धेरै अवार्ड उसले जितेकाले यो अवार्ड पनि उसैले जित्छ होला।

hoinaहोइन, केदारले जित्नुहुन्छः विल्सन विक्रम राई
होइन, मेरो विचारमा यो क्याटोगोरीको अवार्ड त केदार घिमिरेले नै जित्नुहुन्छ। मलाई यो क्षेत्रमा जन्माउने पनि उहाँ नै हो। उहाँले जित्नु र मैले जित्नुमा केही फरक छैन। मलाई त फिल्मबाट नोमिनेसनमा आउनु नै खुसीको कुरा हो। कलाकारिता र अभिनयको हिसाबले त उहाँले नै अवार्ड जित्नुहुन्छ।

aruअरूले जित्ने कुरै छैनः जितु नेपाल
योभन्दा अगाडि पनि मैले दुई वटा अवार्ड पाइसकेको छु। वडा नम्बर–६ दर्शकले पनि निकै रुचाएको फिल्म हो। त्यसैले अरूले त जित्ने त कुरै छैन नि। किनभने मेरो क्यारेक्टरलाई दर्शकले रुचाएका छन्।
केदारले जित्नुहुन्छ कि ? शिशिर भण्डारी
हास्य कलाकारको विधामा मनोनयनमा पर्ने सबै अग्रज कलाकार नै हुनुहुन्छ। उहाँहरुसँग आफ्नो नाम देख्दा नै खुसी छु म त। त्यसैले मेरो लागि त मनोनयनमा पर्नु नै ठूलो कुरा हो। सबैलाई जित्छु कि भन्ने आश त हुन्छ नै। तर, म जसले जिते पनि खुसी नै हुन्छु। गेस गर्नुपर्दा केदार घिमिरेले जित्नुहुन्छ जस्तो लाग्छ। मैले पनि राम्रो काम गरेको छु, तर प्रतिस्पर्धामा आउँदा उहाँले जित्नुपर्छ।

sitaramआफैंले कसरी दाबी गर्नु ? सीताराम कटेल
मेरो विचारमा यो अवार्ड यसले र उसले भन्दा पनि अभिनयको हिसाबले राजाराम दाइ, केदार घिमिरे आदि सिनियर हुनुहुन्छ। त्यसैले उहाँहरुमध्ये एकले जित्नुहुन्छ जस्तो लाग्छ। आफ्नो अवार्ड आफैंले दाबी गर्न मिल्दैन, यस कारण अरू जुरीको हातमा छोडिदिउँ।

bilsजित्छुजस्तो लाग्दैनः राजाराम पौडेल
म पनि हास्य कलाकारको मनोनयनमा परेको रहेछु। यसमा पनि केदार घिमिरे, सीताराम कट्टेलगायत धेरै राम्रा कलाकार पर्नुभएको छ। मलाई त यो एसएमएसले जिताउने अवार्ड चित्तै बुझ्दैन, मैले आफूले आफैंलाई पनि भोट हालेको छैन। उता सीतारामजी पनि घर बनाउनमा व्यस्त हुनुहुन्छ होला भोट गर्न भ्याउनुभएको छैन होला। यो भोटको व्यवस्था नहुने हो भने त सीताराम र केदारजीमध्ये एकले जित्नुहुन्छ जस्तो लाग्छ। मैले आफ्नो तर्फबाट मेहनत गरे पनि मभन्दा उहाँहरू निकै राम्रो कलाकार हुनुहुन्छ। त्यसैले आफूले जित्छु जस्तो लाग्दैन।

प्रतिक्रिया दिनुहोस्