मुलुकको इज्जत राख्न राष्ट्रपतिको आग्रह



gj lgjf{rLt k|yd dlxnf /fi6«klt ljBf b]jL e08f/L ceLjfbg ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;

नेपाल समाचारपत्र
काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ अनमिस मिसन दक्षिण सुडानमा तैनाथ हुन जाने रिपुमर्दन गण सातौं डफ्फा र अनमिल मिसन लिबियामा तैनाथ हुने जाने स्पेसल गार्ड युनिट पहिलो डफ्फाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भएको प्रि–डिपलायमेन्ट तालिमको अन्तिम निरीक्षण गर्नुभयो।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको पहिलोपटक निरीक्षण भ्रमण गर्नुभएकी राष्ट्रपति भण्डारीले सम्बोधन गर्नु हुँदै निकट भविष्यमा दक्षिण सुडान र लिबियामा शान्ति स्थापना कार्यका लागि जान लागेका फौजहरूलाई बधाई तथा शुभकामना दिनुको साथै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो।
उहाँले वीर सैनिकहरूले आर्जेको गौरवलाई कायम राख्दै निष्ठापूर्वक कार्य गर्नेमा आपूm विश्वस्त रहेको बताउनुहुँदै नेपालको मान, सम्मान र इतिहासलाई विश्वमाझ पुर्
याउन नेपाली सेनाले खेलेको भूमिका गौरव गर्न लायक भएको उल्लेख गर्नुभयो।

नेपालको परराष्ट्र नीतिबमोजिम नेपाली सेनाले, नेपाल र नेपालीहरूको प्रतिनिधित्व गर्दै विश्व शान्तिका लागि विभिन्न द्वन्द्वग्रस्त स्थानहरूमा शान्ति सैनिकहरू तैनाथ गरी उल्लेख्यरूपमा योगदान दिँदै आइरहेको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले लिबियामा पहिलोपटक फौज खट्टिन लागेकाले अन्य मिसनहरूमा जस्तै उक्त मिसनमा पनि नेपालको गरिमा कायम राख्ने गरी कार्य गर्न निर्देशन दिनुभयो। सम्बोधनकै क्रममा राष्ट्रपति भण्डारीले कठिन चुनौति रहेका ठाउँहरूमा कुशलतापूर्वक जिम्मेवारी पूरा गर्न शुभकामना पनि दिनुभयो।
सोही अवसरमा रक्षामन्त्री बालकृष्ण खाँडले विश्वमा नेपालको परिचय स्थापना गर्न नेपाली शान्ति सैनिकहरूले ठूलो भूमिका खेलेको बताउनुहुँदै आगामी दिनमा समेत विश्व शान्तिप्रतिको नेपालको प्रतिबद्धतालाई कुशलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो।

नेपालको परराष्ट्रनीतिलाई व्यावहारिक रूपमा बहुराष्ट्रहरू सम्मिलित मिसनमा परिचित र स्थापित गर्न नेपाली शान्ति सैनिकहरूको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्नुहुँदै उहाँले शान्ति स्थापना कार्यका लागि आवश्यक सहयोग गर्न नेपाल सरकार सदैव तयार रहेको बताउनुभयो।

निरीक्षणको क्रममा राष्ट्रपति भण्डारीलाई वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिले केन्द्रको बारेमा जानकारी गराउनुभएको थियो भने दक्षिण सुडान र लिबियामा तैनाथ हुन जाने टोलीहरूद्वारा प्रस्तुत प्रि–डिपलायमेन्ट तालिमअन्तर्गत डेमो तथा अभ्यासको राष्ट्रपति भण्डारीले अवलोकन गर्नुभएको थियो।

कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्री, राष्ट्रपति कार्यालयका पदाधिकारीहरू, निमित्त रक्षा सचिव, नेपाली सेनाका रथीवृन्द, अधिकृत, सञ्चारकर्मीहरूलगायत सकलदर्जाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्