मिनी ज्याकमा चर्चामा



बेइजिङ, (एजेन्सी)

चीनको पूर्वी भागमा बस्दै आइरहेका एक जना ८ वर्षीय बालक हालैका दिनमा विशेष चर्चाको विषय बनेका छन्। त्यसको कारण उनको कुनै प्रतिभा नभएर उनको अनुहार चीनको सबैभन्दा धनी व्यक्तिमध्येको एकजनासँग मिल्न जानु हो। फु स्या किन नामक ती बालकको अनुहार चीनको सबैभन्दा ठूलो इ–कमर्स कम्पनी अलीबाबाका संस्थापक ज्याक मासँग धेरै मिलेको छ।ज्याक माले आफ्नो अनुहारसँग मिल्ने फुको पढाइ लेखाइको जिम्मेवारी उठाएको छ। चीनको सामाजिक सञ्जालमा यो विषयले धेरै स्थान पाइरहेको छ। मिनी ज्याक मा किनको परिवार जियांग्सी प्रान्तमा बस्छन् र उनीहरूको आर्थिक अवस्था कमजोर रहेको छ।

प्रतिक्रिया दिनुहोस्