ब्राजिलका फुटबल खेलाडी बोकेको विमान दुर्घटनाग्रस्त



७५ जनाको मृत्यु, ६ जना जीवित
मेडेलिन, कोलोम्बिया (एजेन्सी)

ब्राजिलको एउटा फस्र्ट डिभिजनको फुटबल टोलीसहित ८१ जना यात्रु बोकेका एउटा चार्टर विमान कोलोम्बियाको मेडलिन नजिकै दुर्घटनागस्त हुँदा ७५ जनाको मृत्यु भएको कोलोम्बियाली अधिकारीहरूले बताएका छन्। दुर्घटनामा ६ जना बच्न सफल भएका छन्।

उक्त फुटबल टोली एउटा क्षत्रीय टुर्नामेन्टको फाइनल खेल्नका लागि कोलम्बिया गइरहेका थिए। लामिया नामक एयरलाइनले चार्टर गरिएको ब्रिटिस एरोस्पेस १४६ विमानमा विद्युतीय गडबडीपछि स्थानीय समय सोमबार बिहान १० बज्नु केही समयअगाडि राडारबाट हराएपछि आपत्कालीन घोषणा गरेको उड्यन अधिकारीहरूले जानकारी दिए।

कन्ट्रोल टावरले विमानका पाइलटले विमान खस्नुअगाडि समस्या आएको जानकारी दिएको जनाएको छ। उनले विमानको इन्धन फ्याँकेको हुन सक्ने अनुमान गरिएको छ किनभने विमानमा आगो लागेको थिएन। ब्राजिलको उक्त टोली दक्षिण अमेरिकी क्लबहरूको टुर्नामेन्टमा एटलेटीको नेसियोनाल टोलीसँग फाइनल म्याच खेल्नुथियो। दुर्घटनापछि उक्त म्याच स्थगित गरिएको छ।

‘उत्सव मनाउने तयारी दुःखमा परिणत भयो– ‘खोजी तथा उद्धार निर्देशन केन्द्रबाट मेडलिन मेयर फेडरीको गटिरेजले प्रतिक्रिया दिए। चेपेकाएन्से क्लबले फेसबुक पेजमा दिएको छोटो विज्ञप्तीमा आफ्ना प्रतिनिधि टोलीमा रहेका खेलाडी, अधिकारी, पत्रकार तथा अन्य पाहुनामाथि ईश्वरको कृपा रहून्, भन्ने उल्लेख गरेको छ।

दक्षिण अमेरिकाको फुटबल फेडरेसनले सम्पूर्ण चेपेकोएन्से समुदायप्रति उसको समवेदना पठाएको छ र उक्त संस्थाका अध्यक्ष अलेज्यान्ड्रो डोमिंग्वेज मेडलिनले आफू मेडेलिनका लागि प्रस्थान गरिसकेको बताए। संस्थाले जारी गरेको विज्ञप्तीमा अर्को सूचना नआएसम्मका लागि सबै फुटबल गतिविधिहरू स्थगित गरिएको उल्लेख छ।रातभरि खटिएका दर्जनौं उद्धारकर्मीहरू शुरुमा तीनजना यात्रुलाई भग्नावशेषबाट जीवितै निकालेपछि उत्साही बनेका थिए। तर केही घण्टा बितेपछि र भीषण वर्षा तथा न्युन भिजिबिलिटीका कारण हेलिकप्टरले उडान भर्न नसकेको र दुर्घटनाग्रस्त भएको स्थल पहाडी इलाकामा पुग्न कठिन भएपछि उनीहरूमा निराशा छाएको थियो।

विमानमा ७२ जना यात्रु र ९ जना चालक दलका सदस्य रहेको उड्यन निकायको विज्ञप्तीमा उल्लेख गरिएको छ। एउटा स्थानीय रेडियोले सोही विमानले यसै महिनाको पूवाद्र्धमा अर्जेन्टिनाको राष्ट्रिय टोलीलाई एउटा म्याचका लागि ब्राजिल पुर्
याएको र यसिअघि पनि त्यसले भेनेजुयलाको राष्ट्रिय टोलीलाई बोक्ने गरेको जनाएको छ।

बीएइ सिस्टम भनेर चिनिने ब्रिटिस एरोस्पेसले पहिलो १४६ मोडलको विमानले पहिलो पटक १९८१ मा उडान भएको र एभ्रो आरजेको उत्तराधिकारीका रूपमा रहेको उक्त विमान बेलायतमा सन् २००३ सम्ममा ४ सयवटा मात्र निर्माण भएको जनाएको छ। तीमध्ये २ सय २० वटा अझै पनि हवाइ अग्निसमन तथा रात्रिकालीन उडान सेवालगायत विभिन्न प्रयोजनमा सेवा पुर्
याइरहेको उसले जनाएको छ।

ब्राजिलको सानो शहर चेपेको उक्त फुटबल टोलीले १९७० को दशकपछि पहिलो पटक सन् २०१४ मा ब्राजिलको पहिलो डिभिजिनमा प्रवेश पाएको थियो। यो गत हप्ता यो टोली कालोम्बियाको जुनियर, अर्जेन्टिनाका सशक्त टोली सान लरेन्जो र इन्डिपेन्डियन्टेलाई पराजित गर्दै युइएफ युरोपा लिग टुनामेन्टको बराबर मानिने कोपा सुडेमेरिकानाको फाइनलमा पुगेका थिए। उक्त फुटबल क्लब
‘आज बिहान मैले उनीहरूलाई विदाइ गरेको थिएँ र उनीहरूले मलाई उनीहरू सपनालाई पछ्याइरहेको बताउँदै त्यो सपनालाई वास्तविकतामा परिणत गर्ने बताएका थिए।चेपेकोएन्से बोर्ड सदस्यले ग्लोबो टिभीलाई बताए। त्यो सपना यो बिहान समाप्त नहुँदै समाप्त भयो’ –उनले थपे।

प्रतिक्रिया दिनुहोस्