हस्तकला मेलामा १० करोडको कारोबार



काठमाडौं, (नेस)

बाणिज्य मन्त्रालय तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघले आयोजना गरेको १४औं हस्तकला व्यापार मेला तथा १२औं हस्तकला प्रतियोगिता मंगलबार समापन भयो।

पाँच दिनसम्म सञ्चालन भएको मेलामा १० करोड रुपियाँ कारोबार भएको हुनुका साथै करिब २ लाखले मेलाको अवलोकन गरेका बताइएको छ। मेलामा उत्कृष्ट प्याभिलियन सवा नेपाल, उत्कृष्ट स्टल आरजेस बेतबाँस फर्निचर लघु उद्योग राजापुर बर्दिया, उत्कृष्ट परम्परागत विधातर्फ क्रियटिभ उड कार्भिङका गोपाल गारु, टेक्सटाईल⁄होम डेकोरेसनतर्फ शेर नेपाल क्राफ्टका भीम शेरचन, फेसन एसेसरिज⁄फ्युजनतर्फ विश्वासीलो अल्लो धागो तथा कपडा उद्योग, बुनाईतर्फ उमा गोठे कपाली प्रथम, पद्मिनी बज्राचार्य द्वितीय, ज्ञानी शाक्य तृतीय भएका छन्। त्यस्तै धातु पत्रकलातर्फ प्रथम माणिकमान शाक्य, द्वितीय दीपेन्द्र शाक्य र तृतीय लक्ष्मण महर्जन भएका छन्।

प्रतिक्रिया दिनुहोस्