भूकम्प प्रतिरोधात्मक भवन निर्माण बारे जानकारी



काठमाडौं, (नेस)

जगदम्बा सिमेन्टले दीगो तथा भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जानकारी प्रदान गर्न दोलखाको चरिकोटमा राजमिस्त्रीहरूसँगको भेटघाट कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रममा एक सय भन्दा बढी राजमिस्त्री तथा डिलरवर्गहरूको सहभागिता रहेको थियो।

जगदम्बा सिमेन्टले उपभोक्ता तथा समाज प्रति उत्तरदायी रही विविध उपभोक्तामुखी कार्यक्रम समेत गरिरहेको छ। कम्पनीले यसै आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔ भन्दै सारा नेपालीलाई देश निर्माणको लागि अपिल गरिरहेको छ भने आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनः निर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माण गर्नका निम्ति विभिन्न कार्यक्रमहरू अघि सार्दै देशका विभिन्न स्थानमा कार्यक्रमहरू गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्