शिवम्को प्राविधिक र भ्यानसहितको निःशुल्क परामर्श



काठमाडौं, (नेस)

शिवम् सिमेन्ट लिमिटेडले आम उपभोक्ता समक्ष सिमेन्ट लगायतका निर्माण सामाग्रीहरूको गुणस्तर र प्रयोग सम्बन्धी प्राविधिक ज्ञान निःशुल्क रूपमा दिन नयाँ प्रयोग गरेको छ।

शिवम्ले निर्माणस्थलमा नै पुगी प्रत्यक्ष देख्न सकिने गरी परीक्षण गरी रिर्पोटको सेवा समेत उपलब्ध गराई निर्माण कार्यमा सहयोग पुर्याउने गरेर प्राविधिक सेवा सेवा शुरू गरेको छ।

प्राविधिक टिममा नेपाल र भारतको सिमेन्ट उद्योगमा ३० वर्ष भन्दा बढीको प्राविधिक कार्य अनुभव भएका बरिष्ठ सिमेन्ट तथा कंक्रिट विज्ञ इन्जिनियरहरू रहेका छन्।

प्राविधिक टिमले सिमेन्टका ग्राहक वर्ग एवम् आम उपभोक्ताहरूलाई सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क टोल फ्रि नंम्बर मा फोन गरी सेवा लिन चाहानेहरूका निमित्त निर्माणस्थलमा स्वयम उपस्थित भई सल्लाह, सुझाव तथा प्राविधिक विषयको जानकारी गराउने छ।

उक्त प्राविधिक टिमलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न कम्प्रेशिभ स्ट्रेन्थ टेस्टिङ मेसिनजडित टेक्निकल भ्यानको निःशुल्क सेवा सुरुवात गरिएको छ।

टिमले कंक्रिटलाई प्रयोगमा ल्याउन उपयुक्त बनाउन स्लम्पको परीक्षण गर्ने र कंक्रिटको मजबुतीमा प्रत्यक्ष असर पार्ने पानी र सिमेन्टको अनुपात निर्धारण गर्न सिकाउने छ।

यस्तै निर्माणस्थल मै ग्राहकहरूलाई स्ल्याबको कास्टिङ, कोलम, प्लास्टरिङ, मेशन रिवर्क तथा अन्य निमार्ण कार्यमा सहयोग प्रदान गर्ने योजना पनि छ।

प्रतिक्रिया दिनुहोस्