ओडिसी, सेब र रिलायन्स च्याम्पियन



काठमाडौं, (नेस)

ओडिसी इन्टरनेसनल एकेडेमी, सेब र रिलायन्स रेसिडेन्सिय प्रथम अन्तरविद्यालय थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन्।

काठमाडौं जेभियर पब्लिक स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा ओडिसीले वसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई २१–१७ ले पराजित गर्यो।

जुनियर ब्वाइज फाइनलमा सेबले आयोजक काठमाडौं जेभियरलाई १५–१४ को साँघुरो अन्तरले हरायो। गल्र्सको उपाधि भिडन्तमा रेसिडेन्सियलले युनिभर्सललाई १५–४ ले पाखा लगायो।

प्रतिक्रिया दिनुहोस्