बार्सिलोना फेरि बराबरीमा रोकियो



लन्डन, (एजेन्सी)

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना फेरि बराबरीमा रोकिएको छ।
आइतबार राति भएको खेलमा बार्सिलोनालाई रियल सोसिडाडले १–१ गोलको बराबरीमा रोकेको छ। रियल सोसिडाडको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीका विलियन जोजेले पहिलो गोल गरे। तर, लियोनल मेसीले एक गोल फर्काउँदै खेल बराबरीमा टुंग्याउन सफल भए।

यो खेलसँगै रियल सोसिडाडको मैदानमा बार्सिलोनाको खराब कीर्तिमानले निरन्तरता पाएको छ। बार्सिलोनाले सोसिडाडाको मैदानमा एउटा पनि खेल जित्न सकेको छैन। कुल ६ खेलमध्ये ५ खेलमा सोसिडाड विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ।

बार्सिलोनाले आफ्ने मैदानमा भने सोसिडाडसँग हालसम्म खेलेका सबै ६ खेल जितेको छ। उक्त बराबरीपछि बार्सिलोना १३ खेलबाट २७ अंकसहित दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको रियलको ३३ अंक छ भने गोल भिन्नताको आधारमा तेस्रो स्थानमा रहेको सभिल्लाले २७ अंक जोडेको छ।

ला लिगाअन्तर्गत भएका अन्य खेलहरूमा एथ्लेटिको मेड्रिडले ओसासुनालाई ३–० ले हराँउदा सेल्टा भिगोले ग्रानाडालाई ३–१ ले पराजित गरेको छ। भियारियल भने आफ्नै मैदानमा आलाभेजसँग २–० ले हारेको छ।

सान्चेजको गोलमा आर्सनलले जित्यो
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा आर्सनल विजयी भएको छ। लन्डन क्लब आर्सनलले बर्नमाउथलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। आर्सनललाई विजयी दिलाउन एलेक्सिस सान्चेजले दुई तथा वाल्कोटले एक गोलको योगदान गरेका थिए।

प्रिमियर लिगअन्तर्गतको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडलाई वेस्ट≈याम युनाइटेडले १–१ गोलको बराबरीमा रोकेको छ। खेलमा वेस्ट≈यामका साखोले पहिलो गोल गरे पनि म्यान्चेस्टर युनाइटेडका जाल्टन इब्राहिमोभिचले गोल फर्काउँदै खेल बराबरीमा टुंग्याए।

प्रिमियर लिगअन्तर्गतका अन्य खेलहरूमा स्टोक सिटीले वाट्फोर्डलाई १–० ले हराँउदा साउथ≈याम्पटनले पनि एभर्टनलाई १–० ले पराजित गरेको छ। इंग्लिस प्रिमियर लिग फुटबलमा १३ खेलबाट ३१ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ। समान ३० अंक जोडेका लिभरपुल र म्यानचेस्टर सिटी दोस्रो तथा तेस्रो स्थानमा रहँदा चौथो स्थानको आर्सनलको २८ अंक भएको छ।

प्रतिक्रिया दिनुहोस्