शब्दको टिजर



सौगात मल्लले केही समयपछि अभिनय गरेको तथा समाजका विभिन्न पक्षलाई समेटेर निर्माण गरिएको फिल्म शब्दको टिजर र गीत सार्वजनिक गरिएको छ। आागमि पुस २९ गते रिलिज हुने फिल्मको राजधानीमा आयोजित एक समारोहबीच टिजर, ट्रेलर र पोस्टर सार्वजनिक गरिएको हो।

समाजको विद्यमान परम्परा, चलनचल्ती, प्रेम र मित्रताबाट सिर्जना हुने अवस्थालाई समेटेर शब्द निर्माण गरिएको निर्माण पक्षको भनाइ छ। कास्कीको सिकलेसमा छायांकन गरिएको फिल्म हिमाली क्षेत्रको रहनसहनको कथा छ। सन्तोष शिवाकोटीद्वारा निर्देशित फिल्ममा सौगातसँगै कमली वाइबा, अनुभव रेग्मी, वसिन भट्टराईलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। छिरिङ दोर्जे लामाद्वारा निर्मित फिल्ममा यम थापाको लेखन, राजनराज शिवाकोटी र सुरेश गैरेको संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्