हिरो मोटोकर्पको तीन नयाँ मोटरसाइकल



काठमाडौं, (नेस) हिरो मोटोकर्पले नेपाली बजारमा तीन नयाँ मोटरसाइकल ल्याएको छ। यी तिन मोटरसाइकलहरू बजारका तीन भिन्न खण्डहरूलाई लक्षित गरी ल्याइएका हुन्। स्प्लेन्डर आईस्मार्ट ११०, न्यू अचिभर १५० र नयाँ सुपर स्प्लेन्डर १२५ ले उपभोक्ता बजारको ठूलो हिस्सालाई सेवा पूरा गर्नेछन्। यो वर्षको मध्यतिर डुएट स्कुटर बजारमा ल्याइसकेको अवस्थामा बजारमा ३ नयाँ उत्पादनहरू प्रस्तुत गर्नुले हिरो नेपालका उपभोक्ताहरूलाई सेवा पुर्याउन प्रतिबद्ध छ भन्ने कुरा पुनः प्रमाणित भएको कम्पनीको भनाइ छ।

स्प्लेन्डर आइस्मार्ट ११० भारतको जयपुर शहरस्थित हिरोको सेन्टर अभ इनोभेसन टेक्नोलोजीमा डिजाइन गरी बनाइएको पहिलो बाइक हो। स्प्लेन्डर आइस्मार्ट ११० लाई सञ्चालन गर्दछ ११० सिसी क्षमताको टर्क एन्ड डिमान्ड इन्जिनमा आई ३ एस (आइडल स्टप स्टार्ट सिस्टम) नामक प्याटेन्टेड प्रविधि पनि जडित रहेको कम्पनीले जनाएको छ। नयाँ चेसिस र फ्रेम पनि यो बाइकका विशेषता हुन्। उच्च प्रविधियुक्त आधुनिक स्प्लेन्डर आइस्मार्ट ११० आफ्नो समूहको उत्कृष्ट बाइक रहेको कम्पनीले जनाएको छ।

त्यस्तै अचिभर १५० प्रविधिको दृष्टिले यो बाइक उत्कृष्ट हो। यसको इन्जिन नयाँ बिएस–४ अनुसारको छ। हिरोको आफ्नो आविष्कार आई ३ एस प्रविधि यसमा जडित छ। आफ्नो श्रेणीमा सर्वाेत्कृष्ट कार्य सम्पादन गर्नु र इन्धन मितव्ययिता दिनुको साथै अचिभर १५० ले उत्कृष्ट यात्राको अनुभूति दिने कम्पनीले जनाएको छ। अचिभर १५० विविध बनोटयुक्त र विशेषतायुक्त छ। लोकप्रिय अनि प्रसिद्ध १२५ सीसीको स्प्लेन्डरको आइ ३ एस प्रविधिजडित नयाँ अवतार सुपर स्प्लेन्डरले उही शक्ति र कार्यसम्पादन क्षमता दिन्छ अझ सहज तरिका हुने कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्