सडकमा भेटिएको २० डलरको नोटले बनायो करोडपति



आखिर मान्छेको भाग्य छ भने चाल्नोमा दुध अडिन्छ भनिन्छ । कसैको भाग्य चम्किनुछ भने ठूलो परिश्रम केही गर्नुपर्दो रहेनछ, मात्र काकताली पर्नुपर्ने रहेछ ।

अमेरिकामा एकजना युवकको भाग्य एकाएक यसैगरी चम्किएको छ । सडकमा भेटिएको २० डलरको नोटले उनलाई एकाएक करोडपति बनाइदिएको छ ।

सनफ्रान्सिस्कोमा बस्ने ह्युबर्ट ट्यांग नामका युवक इन्टरनेसनल एयरपोर्टमा उभिएका थिए । तब उनको नजर सडक किनारामा कसैले खसालेर छाडेको २० डलरको एउटा नोटमा पर्यो । उनले तुरुन्तै त्यो नोट टिपे र गोजीमा हाले । त्यसपछि ढिलो नगरीकनै उनले सिधै चिठ्ठा पसलमा गएर २० डलरका २ वटा चिट्ठाका टिकट किने ।

सायद भेटाएको पैसाले अरु वस्तु किन्नुभन्दा चिठ्ठा किन्नु नै ठिक हुन्छ भन्ने उनले सोँचे होलान् । भेटिएको पैसा लक्की हुन्छ भन्ने धारणा पनि छ । तर यसरी उक्त पैसाले किनेको चिठ्ठाले आफ्नो भाग्य बदलिदेला भन्ने उनले सोँचेका थिएनन् । ह्युबर्टले खरीद गरेका २टिकट मध्ये एउटा तत्कालै साथीहरुका अगाडि नै स्क्रयाच गरे । उक्त चिठ्ठामा उनलाई १० लाख अमेरिकी डलर पर्यो । त्यसपछि के चाहियो ? एयरपोर्ट नजिकै बारमा काम गर्ने उनी एकाएक करोडपति बने ।

प्रतिक्रिया दिनुहोस्