थापाको प्रदर्शनी सम्पन्न



मनघरी फाउन्डेसन र घुमफिर नेपालको आयोजनमा फोटो पत्रकार भरतबन्धु थापाले कैद गरेका फोटोहरुको प्रदर्शनी मध्यपश्चिम फोटो प्रर्दशनी र वाईल्ड वेस्ट भिडियो प्रर्दशनी सम्पन्न भएको छ। चार दिनसम्म चलेको प्रर्दशनीको अन्तिम दिन सम्म २ हजार ५ सय मानिसले अवलोकन गरेको फाउन्डेनसका संरक्षक प्रेमबहादुर थापाले बताए। मध्य तथा सुदूरपश्चिमका पर्यटकीय स्थललाई तस्विर तथा भिडियोबाट प्रचारप्रसार तथा प्रर्वद्धन गर्ने उद्देश्यले गरिएको प्रर्दशनी विशेष पर्यटन क्षेत्रसँग सरोकार राख्नेहरुलाई मध्यपश्चिममा पर्यटकीय स्थललाई जानकार दिन आयोजना गरिएको पत्रकार थापाले बताए। प्रर्दशनी अवलोकन गर्दै रक्षामन्त्री बालकृष्ण खाँडले मध्यपश्चिम पर्यटकीय हिसाबले खानी नै भएको बताए। एमाले नेता प्रदीप ज्ञवालीले मध्यपश्चिमका केही जिल्ला गए पनि यति धेरै सुन्दर रहेछ भन्ने तस्वीर हेरेर मात्र थाहा पाएको बताए।

प्रदर्शनीमा मध्यपश्चिमका १५ वटै जिल्लाका प्रमुख पर्यटकीय स्थलका ५० तस्विर राखिएको थियो भने भिडियो प्रर्दशनीमा मध्य र सुदूरपश्चिममा पर्यटकीय तथा पदयात्रा गर्न सकिने स्थलहरु देखाइएको थियो। विशेष गरी आन्तरिक पर्यटकहरुको रोजाइमा परेको रारा, जुम्ला, दैलेख, बर्दिया, खप्तड, बडिमालीका, स्वर्गद्वारीलगायतका तस्विर तथा भिडियो प्रर्दशनीमा राखिएको थियो। भिडियो प्रर्दशनीमा हुम्लादेखि रारा, खप्तडदेखि रारा, वाईल्ड वस्ट, वाईल्ड वेस्ट ट्राङल (रारा बर्दिया शुक्लाफाँट), खप्तड, रारा, बडीमालिका, जुम्लालगायतका भिडियोहरु रहेका थिए। थापाले यसभन्दा अघि भक्तपुर, काठमाडौं, पोखरा, बाँके, सुर्खेत र दैलेखमा फोटो प्रर्दशनी गरिसकेका छन्। प्रदर्शनी माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाल, एमाले नेता भीम रावल, कृषमन्त्री, पूर्वउद्योग मन्त्री महेश बस्नेत, राप्रपका अध्यक्ष पशुपति शमशेर राणा, हुम्ला सभाषद् रिता शाही, पूर्वपर्यटनमन्त्री आन्नद पोखरेल, क्यापटेन बेद उप्रेतीलगायतले प्रर्दशनी अवलोकन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्