सरोज र महेश च्याम्पियन



काठमाडौं, (नेस) सरोज कार्की र महेश भट्टराईको जोडी राष्ट्रिय व्यापार संघको आयोजनामा भएको एक दिने पुरुष डबल्स ब्याडमिन्टन च्याम्पियनसिपको च्याम्पियन बनेका छन्। बसुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीमा शनिबार भएको एकदिने प्रतियोगितामा कविन्द्र श्रेष्ठ र टेकप्रसाद डुम्रेको जोडीलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएका हुन्।

सरोज कार्की र महेश भट्टराईको जोडीले कविन्द्र श्रेष्ठ र टेकप्रसाद डुम्रेको जोडीलाई २१–१५ र २१–१२ को सोझो सेटमा पराजित गरेका हुन्। प्रतियोगिता राष्ट्रिय व्यापार संघको १२औं वार्षिकोत्सवको अवसर पारेर व्यापार संघले व्यापारीहरु व्यापारमा मात्र नभइ खेलमा पनि सक्रियता देखाउने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय व्यापार संघका अध्यक्ष नयनबहादुर पण्डितले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्