नोटबन्दीले पर्यटन व्यवसायमा असर



नेपाल समाचारपत्र
पोखरा
भारतमा पाँचसय र हजारको नोटमा प्रतिबन्ध लागेपछि त्यसको असर पोखराको पर्यटन क्षेत्रमा पर्न थालेको छ। भारतीय पर्यटकको सिजन अहिले होइन। सिजन नभए पनि भारतीय पर्यटकको आगमनमा राम्रै हुने गथ्र्यो। तर, अहिले ठयाक्कै विपरीत भएको छ। भारतीय पर्यटकको आगमन शून्यजस्तै देखिन थालेको छ।

‘भारतीय पर्यटकको सिजन नभए पनि फाट्टफुट्ट बसमा पर्यटक आउँथे’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले भन्नुभयो–‘नोट प्रतिबन्ध भएपछि ठप्पै छ। भारतीय पर्यटक देख्नै मुश्किल छ। नोटमा लगाइएको प्रतिबन्धको असर पर्यटनमा पनि परेको आभाष हामीले गरेका छौं।’

मुद्रा सटही व्यवसायी संगठनका निवर्तमान अध्यक्ष समेत रहेका पराजुलीले साना दरका नोट बोक्न कठिनाई हुने र पाँच सय र हजारको दरका नोट व्यवसायीले प्रयोजन गर्ने गरेकाले आउँथे। तर, अहिले भारतमै नोटमा लगाइएको प्रतिबन्धले नेपाल आउने पर्यटकको संख्या न्यूनजस्तै छ। उहाँले भारतमा ठूला दरका नोटमा लगाइएको प्रतिबन्धसँगै पोखरामा पनि मुद्रा सटहीमार्पmत भारतीय रुपियाँ साटिदिन आग्रह समेत गर्ने गरेको बताउनुभयो।

मुद्रा सटही व्यवसायी संगठनमा पोखरामा ५० व्यवसायी आवद्ध छन्। वार्षिक डेढदेखि दुई अर्ब नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा सटही हुने गरेको अनुमान गरिएको छ। मुद्रा सटही व्यवसायी संघको छैटौं अधिवेशनले खेमराज पौडेलको अध्यक्षमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

उपाध्यक्षमा कृष्ण भण्डारी, सचिवमा रुमक मिश्र, कोषाध्यक्षमा धनञ्जय पौडेल रहेका छन्। यसैगरी सदस्यहरूमा सूर्य शाही, खगेन्द्र पौडेल, ध्रुवजित कँुवर, दीपक पौडेल र संगीता पौडेल रहेका छन्। अधिवेशन नेपाल राष्ट्र बैंकका कामु निर्देशक अमर अधिकारीले उद्घाटन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्