दुर्घटनामा घाइतेको उद्धारमा कमल थापा



दुईको मुत्यु, तीन घाइते
रोशन पराजुली, हेटौंडा
निबार बिहान हेटौंडामा पत्रकारहरूसँग साक्षात्कार गरी काठमाडौं जाँदै गर्नुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापा, केन्द्रीय सदस्य, उहाँका सहयोगी तथा साथमा रहेका सुरक्षाकर्मी बिहान करिब साढे १० बजे भएको एक दुर्घटनाको उद्धारमा खटियो।

उहाँहरू हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौं जाँदै हुनुहुन्थ्यो। उहाँहरू मकवानपुरको भीमफेदी–२, जुरीखेतमा पुग्दा एउटा गाडी भीरबाट तल खसेको थियो। नजिक रहेको चिया पसलमा मानिसहरू कराइरहेका सुनिए। घटनास्थलमा अर्को एउटा गाडी पनि रोकिएको देखियो।

‘हामीहरू त्यहाँ पुग्दा गाडी भीरमा खसेको केही मिनेट मात्र भएको रहेछ’, अध्यक्ष थापासँग रहनुभएका पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले भन्नुभयो– ‘थाहा पाउनासाथ अध्यक्ष थापाले गाडी रोकेर उद्धारमा खट्न निर्देशन दिनुभयो र उहाँ आफैं पनि भीरमा पीडितको उद्धारका लागि अघि बढ्नुभयो।

अध्यक्ष थापाले साथमा रहेका उनका सुरक्षाकर्मीलाई पनि उद्धारमा खट्न निर्देशन दिनुभयो। थापासँगै सशस्त्रका ७ र जनपदका प्रहरी निरीक्षकसहित ३ जना तत्काल उद्धारमा खटिएका थिए। त्यहाँ स्थानीय र अन्य सवारीका यात्रुहरू पनि जम्मा भए। सबैको प्रयासले उद्धार जारी र≈यो।

‘हामी घाइतेहरू रहेको स्थान भीरमा पुग्यौं। त्यहाँबाट एक पुरुषको मृत शरीर निकाल्यौं’ –बर्तौलाले भन्नुभयो। टाउकोबाट रगत बगिरहेको अवस्थामा महिलाको उद्धार गर्न अध्यक्ष थापा आफैं सक्रिय बन्नुभयो। घाइतेलाई आफूसमेतले बोकेर थापाले सडकमा ल्याउनुभयो। घाइतेको उद्धारमा राष्ट्रपति विद्यादेवी भण्डारीका सुरक्षा सल्लाहकार नेत्रबहादुर थापा पनि खटिनुभएको थियो।

‘करिब ७ वर्षकी एक बालिका गाडीबाट उछिट्टिएर बाँचेकी रहिछन्। उनी बाबामम्मी खोई भनेर चिच्याइरहेकी थिइन्’ –बर्तौलाले सम्झिmनुभयो। तत्काल एम्बुलेन्सलाई खबर गरियो। नजिकको प्रहरी कार्यालयबाट सुरक्षाकर्मी तत्काल बोलाइयो। घाइतेहरूलाई एम्बुलेन्समा हेटौंडा पठाइयो। ‘रोइरहेकी ती नानीलाई म सायद कहिल्यै बिर्सन सक्दिनँ’ –थापाले ट्वीट गर्नुभएको छ। थापासहितको यो प्रयासलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले खुलेर प्रशंसा गरेका छन्। घाइतेको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ।

उक्त दुर्घटनामा एकै स्थानका २ को मृत्यु भएको छ। ३ जना गम्भीर घाइते भएका छन्। काठमाडौं–२०, ज्याथाका करिब ५५ वर्षीय शरद् वैद्य र काठमाडौं–३० की अनुजा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू दाजु–बहिनी रहेको प्रहरीले बतायो। शरद्को शव गाडीबाट निकालिएको बर्तौलाले बताउनुभयो। मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीमा राखिएको र आफन्तलाई जानकारी गराइसकिएको प्रहरीले जानकारी दिएको छ।

घाइते हुनेमा मृतक अनुजाका पति करिब ४८ वर्षीय दीपक श्रेष्ठ, १० वर्षीया छोरी आरजा श्रेष्ठ तथा सवारीचालक नुवाकोट दुईपिपल निवासी दीपकबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
काठमाडौंबाट हेटौंडा आउँदै गर्दा बा३च ९२८९ नम्बर निजी कार दुर्घटनामा परेको थियो। साँघुरो बाटोमा सवारी अनियन्त्रित हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्