प्राधिकरण थाहा नपाउने सांसद



सिंहदरबार परिसरमा एक जना महिला सांसद पुनर्निर्माण प्राधिकरणको कार्यालय खोज्दै हिँडेको धरहराले पत्ता लगायो। ती महिला सांसद नाम चलेको पढेलेखेकोमा नै पर्छिन्।

उनी प्राधिकरणको कार्यालय पत्ता लगाउन सकिन कहाँ छ भनिदिनु न भन्दै केही पत्रकारलाई प्रश्न गर्दै थिइन। एकजना पत्रकारले भने– ‘दिदी पहिलाको प्रधानमन्त्री कार्यालयअगाडि नै छ।’ ती माननीय महोदयले भनिन्– ‘त्यहाँ कहिले पनि काम परेन गएको थिइनँ।’

आज मिटिङ् छ भनेर बोलाएका छन्। कहाँ हो कहाँ पत्ता नलागेर सोधेको भनेपछि ती माननीयसँगै रहेका अर्का माननीय बलबहादुर केसीले भने– हेर यिनलाई त गोर्खाको माननीय भन्न पनि लाज लाग्यो भन्दै केसी माननीयले गरेको व्यङ्ग्य सुनेर धरहरा एकछिन अलमलमा नै पर्यो भन्या। हैन ती माननीयले अहिलेसम्म भूकम्पपीडितको समस्याका बारेमा प्राधिकरणका कुनै पनि मानिससँग कुरा नै नगरेकी हुन कि भन्ने भान धरहरालाई परेको छ।

यस्तायस्ता माननीय भएपछि भूकम्पपीडितले २ वर्ष के १० वर्षसम्म पनि राहत पाउँदैनन् भन्ने निष्कर्षमा धरहरा पुगेको छ। सिंहदरबारभित्र रहेको प्राधिकरणको कार्यालय नदेख्ने माननीयले दूरदराजका दीनदुःखीको पीडा कसरी देख्नु– होइन त पाठक बृन्द ?

प्रतिक्रिया दिनुहोस्