नबिल बैंकका अध्यक्ष सम्मानित



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल बैंकर्स संघले नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याललाई सम्मान गरेको छ। निजी क्षेत्र र विदेशी बैंकसँगको संयुक्त लगानीमा नेपालमा स्थापना भएको पहिलो बाणिज्य बैंक नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याललाई उहाँले बैंकको सञ्चालक समितिमा लामो अवधिदेखि रहेर मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रको प्रवद्र्धनमा पुर्याएवापत सम्मान गरेको संघले जनाएको छ। नेपाल बैंकर्स संघले आफ्नो ३०औं वार्षिक साधारणसभाको उपलक्ष्यमा उहाँलाई सम्मान गरिएको हो।

यसैबीच आर्थिक वर्ष २०७१⁄७२ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर दाखिला गरे बापत नबिल बैंक आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पाँचौ राष्ट्रिय कर दिवस को उपलक्ष्यमा बैंकलाई सम्मान प्रदान गर्नु भएको थियो। सो कार्यक्रममा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल कुमार खनाललाई उक्त सम्मानपत्र प्रदान गर्नु भएको थियो।

नबिल बैंक हालै फ्रस्ट ७ सलिभनद्वारा प्रदान गरिएको बेस्ट प्राक्टिसेज अवार्डः २०१६ को उत्कृष्ट वित्तीय संस्थाबाट पनि सम्मानित भएको छ। साथै बैंकले अगष्टमा पनि तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६ मा सर्वोतकृष्ट वाणिज्य बैंक सम्मान समेत प्राप्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्