शङ्कर कोइराला स्मृति पुरस्कार सापकोटालाई



काठमाडौं । दायित्व वाङमय प्रतिष्ठानले यस वर्षको शंकर कोइराला स्मृति पुरस्कार आख्यानकार ध्रुव सापाकोटालाई प्रदान गरेको छ । दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको शङ्कर कोइरालाको ८७ औँ जन्मजयन्ती तथा महाकवि देवकोटाको १०८औँ जन्मजयन्ती समारोहमा आख्यानकार धु्रव सापकोटालाई रु. १० हजार राशिसहितको ‘शङ्कर कोइराला स्मृति पुरस्कार’ प्रदान गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा भएको कार्यक्रममा ठाकुर शर्मा भण्डारीद्वारा लिखित ‘पद्यममुक्तक’ मुक्तकसङ्ग्रह, सुन्दर खड्काद्वारा लिखित ‘मोह’ कथासङ्ग्रह, मेनुका चापागाईंद्वारा लिखित ‘शालिक बोलिरहेछ’ कवितासङ्ग्रह, दिव्य गिरीद्वारा लिखित ‘हराएका इलाकाहरू’ कवितासङ्ग्रह र दायित्व द्वैमासिकको पूर्णाङ्क १०० लोकार्पण गरियो ।

विमोचत कृतिहरूका बारेमा वरिष्ठ पत्रकार भैरव रिसाल, प्रा.डा. कृष्णप्रसाद दाहाल, डा. भागवत ढकाल, कोशकार वसन्तकुमार शम्र्मा नेपाल, गीतकार रत्नशम्सेर थापा, वरिष्ठ पत्रकार टंक पन्त, शङ्कर कोइरालाका सुपुत्र अनिल कोइराला र वरिष्ठ साहित्कार यादव भट्टराईले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा वरिष्ठ साहित्यकार एवम् कवि ठाकुर भण्डारीले रोचक कविता वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्