भारतमा ४ नेपाली बेपत्ता



काठमाडौं, (नेस)
दक्षिण भारतको केरलामा भएको एउटा सडक दुर्घटनामा परेर ४ नेपाली बेपत्ता भएका छन्। नेपाली मजदुर बोकेको बस नदी पार गर्ने क्रममा पुलबाट खस्दा ४ नेपाली बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सो दुर्घटनामा परी प्युठानका श्याम पुन, गोमन घर्ती, हिमलाल तिर्खे र रोल्पाका मधु केसी बेपत्ता भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सोही दुर्घटनामा परेका ४ जनाको भने स्थानीय प्रहरीले सकुशल उद्धार गरेको थियो। हराइरहेका नेपालीको खोजीका लागि भारतमा रहेका विभिन्न नेपाली संस्था सक्रिय रूपमा लागेका छन्।

प्रतिक्रिया दिनुहोस्