अष्ट्रेलियामा पुरुषको भन्दा महिलाको कमाइ कम



क्यानवेरा, (एजेन्सी)
विश्वमा लैंगिक समानताको जतिसुकै वकालत भइरहे पनि विकसित मुलुकमै पनि पुरुष र महिलाको आम्दानीमा फरक पाइएको छ। उदाहरणका लागि अष्ट्रेलियाका महिलाले औसतमा पुरुषको तुलनामा २३ प्रतिशत कम आय आर्जन गर्ने गरेको हालै एक अध्ययनले देखाएको छ।

अष्ट्रेलियाको लैंगिक समानतासम्बन्धी एक संस्थाले गरेको अध्ययनले सन् २०१६ को आर्थिक वर्ष सकिन लागेको यसबेलासम्म पनि महिलाले औसतमा पुरुषले भन्दा २० हजार डलर कम कमाइ गर्ने गरेको पाइएको जनाएको छ।

यो अध्ययन करिब १२ हजार अष्ट्रेलियाली रोजगारदाता र चालिस लाख कामदारहरूमा गरिएको हो। लैंगिक समानतासम्बन्धी संस्थाका निर्देशक लिब्बी लिओनस्ले भनेका छन्– ‘पूर्वाग्रह र विभेदका कारण महिला र पुरुषको आम्दानीमा अन्तर परेको हो। तर मलाई लाग्छ, यहाँ केही सकारात्मक संकेतहरू पनि छन्। अघिल्ला वर्षहरूको भन्दा यस वर्ष आम्दानीको अन्तर भने धेरै घटेको छ। यस वर्ष यो अन्तर १ दशमलव ६ प्रतिशतले घटेको छ।’

अष्ट्रेलियन ब्रोडकाष्टिङ कर्पोरेसन (एबीसी) का निर्देशक लिब्बीले भनेका छन्– ‘पुरुष र महिलाबीचको आय समानताका लागि अझै लामो यात्रा तय गर्नुपर्छ। अहिलेसम्म पनि ६ जना प्रमुख कार्यकारी अधिकृतमध्ये ५ जना पुरुष नै छन् र चार जना निर्देशकमध्ये ३ जना पुरुष छन्।’

प्रतिक्रिया दिनुहोस्