भिडियोमा बिहेपछिको प्रेम




(विनोद नेपाल) देश सानो भए पनि नेपाल विश्वमै अद्वितीय छ । यहाँको प्राकृतिक सुन्दरता सबैलाई लोभ्याउने खालको छ भने हाम्रा प्राचीन, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले विदेशीलाई हामीतर्फ आकर्षित गर्दछन् । तर हामी अझै पनि गरिबीबाट माथि उठ्न सकिरहेका छैनौं र यसैसँग संघर्ष गरिररहेका छौं । यसो हुनुमा हाम्रो राजनीतिक नेतृत्व त दोषी छ नै, हाम्रो कर्मचारीतन्त्र तथा आमसर्वसाधारणसमेत हामी सबै पनि दोषी छौं । तर हामी आफूलाई निर्दोष साबित गर्न अर्कालाई दोष दिने गर्दछौं । आफूलाई ठीक र अर्कोलाई बेठिक भन्छौं । यसरी हामी यही अलमलमा छौं र माथि उठ्न सकिरहेका छैनौं ।

नेपालमा अनौठा घट्ना घटिरहन्छन् । राजनीतिक अस्थिरता र सत्ता परिवर्तन यहाँको विशेषता र पहिचान नै बनेको छ भने यहाँका ठूलाबडा र अगुवाहरूले बेला–बेलामा देखाउने रमिताका कारण यो मुलुक नयाँ पहिचान निर्माण गर्दै छ । यसक्रममा यतिखेर चर्चामा छन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की ।

कार्की विगतदेखि नै चर्चामा रहेका व्यक्ति हुन् । उनको पारिवारिक पृष्ठभूमि, सरकारी सेवा प्रवेश र विभिन्न पदमा रहँदाका कामकारबाही आदि विवादमा पर्दै आएका थिए । प्रमुख आयुक्तको पदमा बहाल भएपछि पनि उनका कामकारबाही सन्तोषजनक रहेनन् । आक्रामकजस्तो देखिए पनि उनले धेरैलाई अनावश्यक दुःख दिने नियतले मात्र काम गरेका कुरा उनको नेतृत्वमा आयोगले दायर गरेका अधिकांश ठूला मुद्दामा विशेष अदालतबाटै सरकार पराजित हुनु र आरोपितहरूले कसुरबाट सफाइ पाउनुबाट पुष्टि हुन्छ । उनी विभिन्न किसिमका विवादमा मुछिने क्रम नरोकिएको र उनले सार्वजनिक पदमा आसीन अधिकारी तथा निकाय र कार्यालयका कामकारवाहीको निगरानी गर्ने अनि सचेत गराउने भन्दा पनि हस्तक्षेप गर्ने र त्रास फैलाउने गरेकोप्रति व्यापक असन्तुष्टि थियो । आयोगको यही शैलीकै कारण मुलुकमा विकास निर्माण र नियमित कामकाजसमेत प्रभावित भएको तथा कर्मचारीहरूमा एकप्रकारको त्रास उत्पन्न हुन गएकाले धेरैतिर अन्योल उत्पन्न भएको सबैले महसुस गरेको वास्तविकता हो ।

आफ्नो चित्त नबुझेका वा असहयोग गर्ने व्यक्ति वा विरोधीहरूलाई जुनसुकै उपाय खोजेर पनि तह लगाउने नियतले काम गरे भन्ने आरोप लगाइए पनि उनले गरेका गलत कामका विषयमा सरकार र कुनै नेताले प्रश्न उठाएनन् । आफूहरू स्वच्छ भएमा उनको विरोध गर्नु वा उनका कामकारबाहीमाथि प्रश्न उठाउन सकिन्थ्यो । त्यसो गर्ने नैतिक बल हुन्थ्यो । तर कतै न कतै कुनै न कुनै स्वार्थमा संलग्न नभएको कुनै नेता नै नभेटिने र ती संलग्न काममा धेरथोर कमी–कमजोरी भएकै हुने भएकाले हुनसक्छ कतिपय ज्यादतीपूर्ण काम हुँदा पनि उनीहरूले अख्तियारको कामकारबाहीको विरोध गरेनन् । जिम्मेवार व्यक्तिहरूबाट आफ्नो कामको विरोध नभएपछि कार्कीको मनोबल बढ्दै गयो र उनले अख्तियार दुरुपयोग अुनसन्धान आयोगलाई एक्लै मात्र हाँकेनन्, आफूलाई इच्छा लागेको जुनसुकै क्षेत्रमा जसरी हुन्छ प्रवेश गरेर हस्तक्षेप गर्ने र डर–त्रास सिर्जना गरी अनुचित लाभ लिन र समानान्तर राज्य सञ्चालन गर्न नै सफल भए ।

चिकित्सा शिक्षाको क्षेत्रमा व्यापक बेथितिका विरुद्ध आन्दोलन गरिरहेका डा. गोविन्द केसीले त्यस क्षेत्रमा व्याप्त बेथिति बढाउनमा अख्तियार आयुक्तको समेत हात भएको विषय उठाए । उनले प्रमुख आयुक्त कार्कीमाथि कारबाहीको माग गर्दै अहिंसात्मक आन्दोलन चलाए । तर राज्यबाट त्यसलाई पनि यो वा त्यो बहानामा पन्छाउने र टालटुल गर्ने काम मात्र हुँदै गयो । कार्कीले आफू र आफ्ना कामकारबाहीका विषयमा उठेका सवालको जवाफ दिन संसदीय समितिको आमन्त्रणको बेवास्ता गर्दै सर्वोच्च अदालतसम्मको अपमान गर्ने प्रयास गरे ।
नेताहरूलाई त्रास देखाउने र आफूमाथि औंला ठड्याउनेहरूलाई ठेगान लगाउने उपाय खोज्ने तथा त्यसका लागि आफ्ना संयन्त्रको परिचालन गर्ने काम गरे । तर आफ्नो योग्यतासम्बन्धमा परेको मुद्दाबारेको सूचना तामेलीको क्रममा जुन हर्कत देखाए त्यो अत्यन्त अशोभनीय थियो र अन्ततः यसपछि नै उनीमाथि सबैको आक्रोश बढ्यो । यसैले कार्की विदेश भ्रमणमा रहेका समय गोप्यरुपमा महामअभियोगको तयारी गरी संसद्मा पेस भयो । तत्पश्चात् हाल कार्की निलम्बनमा छन् ।

त्यसयता हाम्रा कार्यालय, सार्वजनिक स्थल, सञ्चारमाध्यम, भट्टीपसल होऊन् वा यात्रा, सवारी नै सबैतिर यही प्रकरणले चर्चा पाएको छ । एकप्रकारले भन्नुपर्दा मुलुक लोकमानमय भएको छ । त्यसअघि देखेर पनि नदेखेझैँ गरी मौन बसेकाहरू पनि चर्का कुरा गर्न थालेका छन् । अर्थात् यो सबै हेर्दा यस्तो अभास हुन्छ जस्तो कि उनको पक्षमा शायदै कोही छन् । तर उनका पक्षमा उभिनेहरू पनि कम छैनन् । अझै पनि यस विषयको निकास कस्तो हुने हो भन्ने आशंका कायमै छ । एकथरी मरेको बाघको जुंगा उखेल्ने शैलीमा एकदमै चर्का कुरा गरेर सबैभन्दा ठूलो लोकमान विरोधी देखिन र त्यसरुपमा प्रस्तुत हुन खोजेका छन् भने अझै पनि कतिपयले उनलाई पदमुक्त गर्नु नहुने धारणा राखिरहेका छन् । यसै गरी कार्कीको पक्षमा कूटनीतिक चलखेल भएको र उनलाई सम्मानजनक बहिर्गमनको बाटो रोज्ने अवसर दिने जस्ता चर्चा चले भने विभिन्न क्षेत्रबाट महाअभियोगको पक्षमा दबाबमूलक अभियान चलाइएका छन् ।

मौन संस्कृति र नैतिकहीनता हाम्रो सबैभन्दा ठूलो कमजोरी हो । मिलेमतोमा काम गर्ने, दलाली गर्ने, कमाउ धन्दा गर्ने प्रवृत्तिले हाम्रो लोकतन्त्र वास्तवमा लोकतन्त्र हुन सकिरहेको छैन । यस्तो अवस्थाको लाभ गलत तत्वहरूले लिएका छन् । राज्यका संयन्त्रमा तिनको पहुँच पुग्दा राजनीतिक परिवर्तन भए पनि त्यसका उपलब्धिहरू प्राप्त हुन सकेका छैनन् । जनताको दुःख–दर्द कम हुन सकेको छैन । समृद्धिको सपना सपनैमा सीमित छ, जुन अत्यन्त ठूलो विडम्बना हो ।

समग्रमा, लोकमान कार्की प्रकरणपछि मुलुकमा एउटा तरंग आएको छ । संवैधानिक आयोगका प्रमुख पनि निलम्बित हुन्छन् र उनीमाथि छानबिन हुन सक्छ भन्ने सन्देश जनतामा गएको छ । यसले एकातिर हाम्रा ठूलाबडाको चरित्र उदांगो पारिदिएको छ भने अर्कोतिर भविष्यमा पनि गलत काम गरेमा जोसुकै पनि सजायको भागिदार हुन्छ भन्ने सन्देश गएको छ, जुन अत्यन्त सकारात्मक हो । तर हुने छानबिन र गरिने कारवाही पारदर्शी हुन र दोषीलाई सोही बमोजिमको कारबाही हुनसकेमा मात्र कानुनी राज्यको पुष्टि हुने भएकाले यसलाई त्यसै रुपमा लिई आवश्यक निर्णयमा पुग्नु उचित हुनेछ । तर कारबाहीको कुरा गर्नेहरू आफैंले एकपटक आफ्नो अनुहार ऐनमा हेर्नु पनि उत्तिकै जरुरी छ । सबैले बुझ्नुपर्ने कुरो लोकतन्त्रमा नैतिकताको अपरिहार्यता रहन्छ भन्ने हो, नैतिकहीनतामा लोकतन्त्रको उपहास मात्र हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्