माया नफापेको मान्छे



हालसम्मकै सर्वाधिक सफल फिल्म देखन चम्पा सुनन चम्पाका गीतकार तथा फिल्म पत्रकार शान्तिप्रियद्वारा रचित म त माया नफापेको मान्छे बोलको गीतमाथि म्युजिक भिडियो बनाइएको छ। शान्तिप्रियले प्रकाशोन्मुख एल्बमका लागि रचना गरेको प्रमोद खरेलद्वारा स्वरबद्ध गीत म त माया गर्ने मान्छेपछि अर्को गीतको म्युजिक भिडियो निर्माण गरिएको हो।

म त माया नफापेको मान्छेको भिडियो नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखियाको निर्देशनमा छायांकन गरिएको हो। भिडियोमा केही चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री अनामिका चौलागाईंले मुख्य भूमिका निर्वाह गरेकी छिन्।

अनामिकाको साथमा माधव पौडेल, सुमन खतिवडा, निशा थापालगायतले अभिनय गरेका छन्। भिडियोको छायांकन भने बाबुराम नेपालीले गरेका छन्। जसमा राजीव बलामीको कोरियोग्राफी रहेको छ। भिडियोको सम्पादन अरूण शर्माले गर्दै छन्। गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका छन्। अञ्जना गुरुङ गाएका छन्।

प्रतिक्रिया दिनुहोस्