सौगातको शब्द आउँदै



फिल्म निर्माण र रिलिजको बाढी अझै बढ्न थालेको छ। यस क्रममा छिरिङ दोर्जे लामाको निर्माणमा नवनिर्देशक सन्तोष शिवाकोटीद्वारा निर्देशित फिल्म शब्द आगामि पुस २९ गते रिलिजमा आउने भएको छ।

सामाजिक कथा बोकेको भनिएको फिल्ममा सौगात मल्ल, अनुभव रेग्मी, कमली वाइबा, अर्जुन गुरुङ, रोयदेव श्रेष्ठ, ओसिन भट्टराई, राज थापालगायतले अभिनय गरेका छन्। फिल्ममा यम थापा र किरण घिमिरेको लेखन, डा. कृष्णहरि बरालको गीत रचना, राजनराज शिवाकोटीले लेखेका हुन्। राजनराज शिवाकोटी र सुरेश गैरेको संगीत, दीपक ढकालको छायांकन र बनिष शाहको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्