लायन्सको मल्टिपल फेलोसिपको तयारी तीव्र



टंकराज अधिकारी, पोखरा
यन्स क्लब्स अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक ३२५ नेपालको लायन्स फेलोसिप प्रोग्रामको तयारी तीव्र पारिएको छ। आगामी मंसिर ४ गते शनिबार पोखरा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा सम्पन्न हुन गइरहेको प्रोग्राममा मल्टिपल डिस्ट्रिक ३२५ नेपालअन्तर्गत रहेका ४ वटा डिस्ट्रिक्टबाट करिब ७ हजार लायन्स सदस्यहरूको सहभागिता रहनेछ। सो कार्यक्रममा नेपालबाट लायन्स अन्तर्राष्ट्रियमा प्रतिनिधित्व गरेका अन्तर्राष्ट्रिय डाइरेक्टर सञ्जय खेतानसहित लायन्स हेड क्वार्टरका ४ जना उच्चपदस्थ व्यक्तिहरूको पनि सहभागिता रहनेछ।

फेलोसिप प्रोग्राम मूल व्यवस्थापन समितिका संयोजक एवं डिस्ट्रिक ३२५ बी १ नेपालका डिस्ट्रिक्ट फेलोसिप कमिटी चेयरपर्सन विमला श्रेष्ठका अनुसार कार्यक्रममा सहभागिता जनाउनका लागि सोमबारसम्म करिब ३ हजार जनाले अग्रिम रजिस्ट्रेसन गरिसकेका छन्। जस अनुसार मल्टिपल डिस्ट्रिक ३२५ नेपालअन्तर्गत रहेका ४ वटा डिस्ट्रिक्टमध्ये ३२५ बी १ बाट करिब दुई हजार जनाले अग्रिम रजिस्ट्रेसन गरिसकेका छन् भने बाँकी बी २, ३२५ ए १ र ए २ बाट रहेका छन्।

मल्टिपल फेलोसिपलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि गठित विभिन्न २४ वटा उपसमितिहरूले आ आफ्नो जिम्मेवारीअनुसारको कामलाई तीव्र रूपमा अगाडि बढाएका छन्। आइतबार बसेको प्रचारप्रसार तथा मिडिया समन्वय उपसमितिको बैठकले विभिन्न उपसमितिहरूले गरेका गतिविधिलाई समेटेर समाचार प्रकाशन प्रशारण गर्ने निर्णय गरेको छ।
सौन्दर्यताको गन्तव्य पोखरा नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रममा पोखरा आइपुगेका आन्तरिक तथा बा≈य पर्यटकका लागि यो ठाउँ जीवनकै अविस्मरणीय आनन्दको गन्तव्य हुने गर्दछ, यहाँको प्रकृति मात्र हैन, यहाँको आतिथ्यता र आत्मीयताले जो कोहीलाई नै लोभ्याउने हुँदा कार्यक्रमलाई ऐतिहासिक बनाई सफल बनाउन सहयोग जुट्ने थलोको रूपमा पाएको फेलोसिप प्रोगामका सह–संयोजक किशोर बरालले बताए।

लायन्स लायन्स सस्यहरूबीच आपसी भाइचाराको सम्बन्ध प्रगाढ बनाउने लक्ष्य राखेको उक्त कार्यक्रममा ४ वटै डिस्ट्रिक्टहरूबीच मैन्त्रीपूर्ण फुटबल, भलिबल, महिला कबड्डी, क्विज कन्टेस्ट, रस्साकस्सी, युगल नृत्य, म्युजिकल चेयर, अन्तर डिस्ट्रिक्ट दोहोरीगीत प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम, मौलिक खानाका परिकारहरूलगायतका मनोरञ्जनात्मक कार्यक्रमहरू रहेका छन्। फेलोसिप प्रोग्राममा सहभागिता शुल्क प्रति व्यक्ति ५ सय रुपियाँ रहेको र कार्यक्रम सम्पन्न गर्नका लागि करिब ३३ लाख ५० हजार रुपियाँ लाग्ने अनुमान गरिएको मूल व्यवस्थापन कमिटीका कोषाध्यक्ष कमलबहादुर बस्नेतले बताए।

लायन्स फेलोसिपको अगिल्लो दिन मंसिर ३ गते पोखरामै नेपालमा रहेका ४ वटै डिस्ट्रिक्टका वर्तमानदेखि पूर्वगभर्नरहरूको भेला हुँदै छ। सो भेलामा नेपालका लायन्सहरूले सामाजिक क्षेत्रमा पु¥याएका योगदानहरूको समीक्षा गरिनुका साथै आगामी दिनमा गर्नुपर्ने कामहरूको बारेमा छलफल गरिने पूर्वमल्टिपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठले जानकारी दिए। उक्त भेलामा करिब ५० जना पूर्वगभर्नरहरूको सहभागिता रहने श्रेष्ठले बताए।

त्यस्तै मल्टिपल फेलोसिपको पूर्वसन्ध्यामा नेपालमा रहेका ४ वटै डिस्ट्रिक्टको क्याबिनेट मिटिङ पनि पोखरामा सम्पन्न हँुदै छ। मल्टिपल फेलोसिप एन्ड लायन्स फेस्टिभल कमिटी चेयरपर्सन एवं लायन्स डिस्ट्रिक ३२५ बी १ नेपालका निवर्तमान डिस्ट्रिक्ट गभर्नर धु्रवबहादुर थापाका अनुसार ४ वटा डिस्ट्रिक्टमध्ये ३२५ बी १ को पोखरा सभागृह, ३२५ बी २ को रन्जित इभेन्ट रानीपौवा, ३२५ ए १ को फूलबारी रिसोर्ट र ३२५ ए २ पोखरा ग्रान्डमा एकै समयमा क्याबिनेट मिटिङ सञ्चालन हुनेछ। उहाँका अनुसार चारवटै डिस्ट्रिक्टका सदस्यहरूलाई एउटै थलोमा जम्मा गराई दुईदिने आत्मीयता भाइचारा अभिवृद्धि कार्यक्रम गर्दै एक–आपसमा चिनापर्ची दुःख–सुखका आफ्ना अनुभव साटासाट गर्ने थलोका रूपमा विकास गर्नका लागि यो कार्यक्रमको थालनी गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्