दक्षिण चीन सागर विवाद विश्वकै सानो परमाणु ऊर्जा संयन्त्र विकाश गर्दै चीन



बेइजिङ, (एजेन्सी)
चीनले विवादास्पद दक्षिण चीन सागरको कुनै टापुमा जडान गर्न विश्वकै सबैभन्दा सानो न्युक्लियर रिएक्टर विकास गरिरहेको छ। यसले बिना पुन इन्धन भरेर दक्षिण चीन सागरस्थित चीनको कब्जामा रहेका द्विपहरूमा दशकौंसम्म विद्युत् आपूर्ति गर्न सक्ने जनाइएको छ।
यो उर्जा प्लान्टमा लिड कोल्ड थर्मल रिएक्टरको प्रयोग हुनेछ। रुस तात्कालीन सोभियत युनियनले ७० को दशकमा यसको प्रयोग आफ्ना पन्डुब्बीहरूमा प्रयोग गरेका थिए।
६ दशमलव १ मिटर लामो र २ दशमलव ६ मिटर उचाइको कन्टेनरमा यसलाई जडान गर्न सकिने यो आणविक भट्टीले १० मेगावाट विद्युत् उत्पादन गर्न सक्छ। यो परिमाणको उर्जाले करिब ५० हजार घरलाई बिजुली आपूर्ति गर्न सक्छ।
यसबाट कुनै प्रकारको धुलो वा धुँवा ननिस्कने वैज्ञानिकहरू बताउँछन्। यसलाई कुनै सानो आइल्यान्डमा राखियो भने पनि मानिसहरू यसलाई सजिलै पत्ता लगाउन सक्दैनन्। यदि यो परियोजना पूरा भयो भने यस प्रकारको प्रविधिको प्रयोग गर्ने चीन विश्वको पहिलो देश बन्नेछ।
हालै प्रकासित एक समाचारमा उक्त आणविक उर्जा प्लान्टको पहिलो इकाइ तयार भएर पाँच वर्षमा दक्षिण चीन सागरस्थित टापुहरूमा पठाइने दाबी गरिएको छ।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चाइना नेसनल न्युक्लियर कोपरेसनलाई उद्धृत गर्दै चीनको २० वटा तैरिरहने परमाणु उर्जा प्ल्याटफर्म बनाउने योजना रहेको उल्लेख गरेको छ।
यसैबीच चीनको एउटा उच्च स्तरीय सुरक्षा मञ्चले विवादास्पद टापुको विषयलाई लिएर न्युजिल्यान्डका रक्षा मन्त्रीलाई दक्षिण चीन सागरको मामिलामा त्योसँग सम्बन्धि बिवादको हिस्सा नभएकाहरूले हस्तक्षेप गर्न भनेको छ।
गत जुलाइमा चीनले एउटा अन्तर्राष्ट्रिय न्यायलयले उसको दाबी विरुद्ध गरेको फैसलालाई अस्वीकार गरेको थियो। चीनको कब्जालाई लिएर फिलिपिन्सले अन्तर्राष्ट्रिय अदालतको ढोका ढक्ढक्याउन पुगेको थियो।
चीनले दक्षिण चीन सागरको पूरै इलाकामाथि उसको अधिकार भएको दाबी गर्दै आइरहेको छ। उक्त क्षेत्रलाई लिएर ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामले पनि आ–आफ्नो दाबी गरिरहेका छन्।
चीनले उक्त जलक्षेत्रमा कृत्रिम टापु निर्माण गर्दै ठूलो संख्यामा सैन्य तैनाथ गरेको छ र हवाइपट्टी पनि बनाएको छ।

प्रतिक्रिया दिनुहोस्