गायिका अमात्य फेरि मोडल



आधुनिकदेखि फिल्मी गीतसम्म जम्दै आएकी गायिका मिलन अमात्य पछिल्लो समयमा मोडलका रूपमा समेत छाउन थालेकी छिन्।
आफ्नो गीतमा आफैंले मोडलिङ गर्ने क्रममा गायिका अमात्यले अर्को एउटा गीतमा मोडलिङ गरेकी छिन्। गायिका अमात्यले आफूले गाएको गीत लठ्ठै बनायो बोलको गीतमाथि बनेको म्युजिक भिडियोमा मोडलिङ गरेकी हुन्। दिलीप पियाको गीत रचना र हरि लम्सालको संगीत रहेका यो गीतमाथि बनेको म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका छन्। गायिका अमात्यलाई मोडलिङमा पुष्प खड्काले साथ दिएका छन्।
मिलनले मोडलिङमा राम्रो रेस्पोन्स आएपछि आफ्नो गीतमा आफैं मोडल बन्न थालेको बताइन्।

प्रतिक्रिया दिनुहोस्