भिडियोमै छमछम



केही अगाडि मात्रै ॐ नमः शिवाय बोलको म्युजिक भिडियो सार्वजनिक गरेका युवा गायक दिप्सन क्षत्रीले आफ्नो अर्को नयाँ गीतमाथि बनेको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
छम छम बोलको यो गीतमा गायक दिप्सनकै शब्द तथा संगीत छ। सार्वजनिक भएको भिडियोमा विवश पाण्डे र सारा गौलीले अभिनय गरेका छन्। उनीहरुलाई सम्बोधन ग्रुपका कलाकारहरुले नृत्यमा साथ दिएका छन्। ललित केसीको निर्देशनमा तयार भएको भिडियोलाई दर्शकले मन पराउनेमा गायक दिप्सन विश्वस्त देखिएका छन्। यो गीत दिप्सनको एल्बम दीपमा समावेश छ।

प्रतिक्रिया दिनुहोस्