यो नारा भलै कम्पनीले आफ्नो उत्पादनको प्रभावशाली मार्केटिङका लागि ल्याएको होस्। तर, एउटा सत्य भने पत्याउनै पर्छ कोकाकोलामा आफ्ना फ्यानलाई राम्रैसँग दिवाना बनाउने क्षमता छ।

एक समय कोकाकोलाको नाम सुनेर मानिसहरु यसमा पक्कै पनि कोकिन मिसाइएको हुनुपर्छ भनेर सोच्थे। तर वास्तवितकता भने अर्कै थियो। कोका नामक वनस्पतीको पातको रस मिसाउने भएको कारण यसको नामको पहिलो शब्द त्यो रहन गएको थियो।

आज बच्चा देखि बृद्धबृद्धा सम्म कोकाकोला बारे जान्ने भइ सकेका छन्। कोकको नाम देखि स्वाद सम्म ओठमा नझुन्डिनेको संख्या नगन्य छ। तर, के तपाइँलाई कोकको इतिहास थाहा छ?

कोकाकोला नामक पेयको आविष्कार अमेरिकाको एट्लान्टा शहरका एक जना रसायन शास्त्री जोन पेम्बर्टनले गरेका थिए। अमेरिकी गृहयुद्धका घाइते पेम्बर्टन अफिमको लतमा फसेका थिए।

त्यसबाट छुटकारा पाउन उनले रक्सीमा कोकाको पातको रस मिलाएर पिउन थाले। यसको स्वादमा लट्ठिएका पेम्बर्टनले बेच्न समेत सुरु गरे।
एटलान्टा सरकारले राज्यमा रक्सी प्रतिबन्ध लगाएको थियो। त्यसैले सरकारको आँखा छल्न कोकाको पातको रस मिसाएर रक्सी बेच्ने रेपिसि सहितको जुक्ति निकालेका थिए उनले।

अब कोकाकोलामा रहेको पहिलो शब्दको अर्थ त थाहा भयो- कोकाको रस मिसाइएको कारण यसको नाम त्यो रहन गएको हो भनेर। तर, कोकाको पछाडी जोडिएको कोलाक अर्थ चाहिँ के होला?

वास्तवमा यो शब्द कोला नामको बदाम प्रजातीको फलबाट आएको हो। जुन फल पश्चिमी अफ्रिकामा रुखमा फल्ने गर्छ।

कोला हरियो रंगको फल हुन्छ। दुई इन्च लम्बाइ हुने यो फलको गुदी पश्चिमी अफ्रिकाका स्थानियबासी शरिरमा तागत बढाउन सुपारी जसरी चपाउँछन्।
यसलाई चपाउँदा शरिरमा एक किसिमको ताजापन उत्पन्न हुन्छ। कोलामा पाइने क्याफिन एवं थियोब्रोमाइन नामको रसायनका कारण यस्तो भएको हो। यी दुबै रसायन चिया तथा चकलेटमा समेत पाइन्छ।

पश्चिम अफ्रिकामा कोलाको खेती सदियौँ पुरानो हो। तर, बाँकी विश्वले भने सोह्रौँ शताब्दिमा आएर मात्र यसको खुवी बारे जानेका थिए।

ब्रिटिश इतिहासकार पल लवजाएका अनुसार पुराना अफ्रिकीहरु कोलाको रुख चिहानमा समेत लगाउँथे। किशोरीहरुको महिनावारी सुरु हुने बेला गर्ने पुजा आजामा समेत स्थानियवासी यसको प्रयोग गर्थे।

कोलाको दाना लामो समय सम्म जोगाउन चिसो स्थानमा राख्न जरुरी हुन्छ। सयौँ बर्ष पहिले पनि अफ्रिकी जनता यसलाई जनतपुर्वक हजारौँ किलोमिटर टाढा सम्म पुर्याउँथे।

स्थानियले यसलाई दिएको महत्वबाट थाहा हुन्छ कोलाको मान्यता सुन बराबर थियो। राजा महाराजाले उपहार स्वरुप कोलाको दाना एक अर्कालाई प्रदान गर्थे।

इतिहारकार लवजाय पन्ध्रौँ शताब्धी सम्म पनि युरोपका जनतालाई कोलाको महत्व थाहा भइ नसकेको बताउँछन्। सोह्रौँ शताब्धीमा जब पोर्चुगल उपनिवेश विस्तारका लागि अफ्रिका पुग्यो कोलालाई युरोप ल्यायो। तर, त्यतिन्जेल सम्म पनि उनीहरुले कोलाको सबै महत्व बुझि सकेका थिएनन्।

१६२० मा अंग्रेज व्यापारी रिचर्ड जब्सन ग्याम्बिया नदी हुँदै पश्चिम अफ्रिकाको अन्दरुनी पुगेका थिए। त्यस बेला सम्म उनका लागि कोला एकदमै नयाँ बिज थियो।

जब्सनले आफ्नो यात्रा डायरीमा यसको विवरण उल्लेख गरेका छन्। कोलाको दाना स्थानियहरुले उत्साहका साथ आफुलाई ल्याएर दिए पनि त्यसको सबै भन्दा मिठो भाग के हो भनेर आफुले भेउ पाउन नसकेको उनले लेखेका छन्।

उनले थपेका छन् ‘मलाई स्वाद मन परेन तर पनि खै किन हो कोलाको दश दाना राजालाई उपहार स्वरुप टक्राउने चलन थियो।’ जब्सन बेलायत फर्किँदा छ दाना कोला पनि साथ लिएर आए। तर, स्वदेश पुगुन्जेलमा ती सबै बिग्री सकेको आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।

जे भए पनि कोलाको हल्का नशा दिने विषेशता युरोपेलीहरुमाझ धेरै लामो समय छिप्न सकेन। उन्नाइसौँ शताब्धी सम्ममा युरोप तथा अमेरिकामा कोलाका जानकारी अफ्रिका भन्दा धेरै भइ सकेका थिए।

युरोप एवं अमेरिकामा कोला मिसाएर बिभिन्न श्वस्थ वर्धक औषधी बनाउने क्रम सुरु भइ सकेको थियो। वेलायतमा फोर्स्ड मार्च नामको औषधी बनाएका थिए। जसमा कोलाको पातको रस र कोलाको गुदी मिलाइएको थियो। यो औषधीले भोक मार्ने र स्वास्थ्यलाई राम्रो बनाउने दावी कम्पनीको थियो।

फ्रान्समा कोलाको दाना वाइनमा मिसाएर विन मारियानी नामको एक स्वस्थवर्थक पेय तयार गरिएको थियो। यसको रेसिपी फ्रेन्च रसायनशास्त्री एन्जेलो मारियानीले सन् १९६३ मा तयार गरेका थिए।

भ्याटिकन सिटीका पोप लियो तेरहवे, वेलायतकी महारानी भिक्टोरिया, अमेरिकी बैज्ञानिक थोमस एडिसन एवं वेलायती लेखक आर्थर कानन डायल जस्ता हस्तीहरु विन मारियानीका पारखी थिए। मारियानीको प्रचारमा यी नामुद व्यक्तिहरुको तश्विरनै प्रयोग गरिएको थियो।

जानकारहरु भन्छन् अमेरिकी रसायनशास्त्री जोन पेम्बर्टनले विन मारियानीबाटै कोकाकोलाको रेसिपि तयार गर्ने आइडिया लिएका थिए। कोका बिज्ञ पेम्बर्टनले त्यसमा कोला मिसाएर नयाँ स्वाद तयार गर्ने जुक्ति निकाले। यी दुई मिलाएर बनाइएको पेय मानिसहरुले खुबै रुचाए।

यसरी तयार भएको कोकाकोला पहिलो बर्ष दैनिक औषत नौ बोतल बिकेको थियो। अहिले त दुनियाँमै यसको राज छ। अहिले दिनमा दुई अर्ब बोतल भन्दा बढी कोक बिक्री हुन्छ।

कोका र कोलाको मिश्रणबाट बनेको पेय दिनानुदिन लोकप्रिय हुँदै थियो। कम्पनीले बिक्री बढाउने हेतुले सन् १९८५ मा एक नयाँ प्रयोग गर्यो। तर, त्यसले ठूलो घाटा लाग्न पुग्यो। तीन महिनामै उपभोक्ता मागका कारण बन्द भएको कम्पनी नयाँ नामका साथ आफ्नो उत्पादन बजारमा ल्याउन कम्पनी बाध्य भयो।

अहिले कम्पनीले कोलाको वास्तविक स्वाद मिसाएर आफ्नो ड्रिंक तयार गर्छ। यसको पाउडर विश्वभरका कोकाकोला फ्याक्ट्रीमा पठाइन्छ। जहाँ कम्पनीका डिलरले त्यहि ‘कन्सन्ट्रेट’को आधारमा कोकाकोला तयार गर्छन्।

हुनत कोलाको असली स्वाद पाउन यसको दानानै चाख्नु पर्ने हुन्छ।

रिचर्ड जब्सनले लेखे अनुसार त यसको वास्तविक स्वाद धेरै तितो छ।

तर यसलाई सुन्तलाको रस, भेनिला एवं क्यारामेलसँग मिलाएर खाएमा तितोपना कम हुन्छ। यी सबै थोकको मिश्रणपछि पनि यसमा रहेको क्याफिन र थियोब्रोमाइन रसायनले तपाइँलाई हल्का नसा भने जरुर दिनेछ।

हो त्यहि हो अहिले तपाइँको हातमा भएको- चिsssसो भनेकै कोकाकोला।

LEAVE A REPLY