उध्रेको चोली

मैले दशैंबारे पनि गीत गाएकी छु । चार वर्षअघि ‘चंगाचेट’ भन्ने गीत ल्याएकी थिएँ । तर, कन्सर्टहरुमा जाँदा दर्शकहरुले धेरै चलेका गीतहरु नै खोज्ने भएकाले रातो घाँघरा,

मैले दशैंबारे पनि गीत गाएकी छु । चार वर्षअघि ‘चंगाचेट’ भन्ने गीत ल्याएकी थिएँ । तर, कन्सर्टहरुमा जाँदा दर्शकहरुले धेरै चलेका गीतहरु नै खोज्ने भएकाले रातो घाँघरा, उध्रेको चोली, बेहुली, माछी मार न रिमिक्स जस्ता गीत नै बढीजसो गाउँछु ।

दशैंको समयमा हामी कलाकार पनि व्यस्त हुने चाड नै हो । ठाउँठाउँमा कन्सर्टहरू आयोजना भए । योबेला हरेक वर्ष देश बाहिरकै कार्यक्रममा व्यस्त हुन्छु । यस वर्ष पनि म अस्ट्रेलिया टुरमा आइपुगें । सेप्टेम्बर २५ देखि सुरु भएको टुर अक्टोबर १३ सम्म चल्यो । सिड्नी, मेलबर्न र बि्रसवेनमा कार्यक्रमहरु भए ।

चाडबाडका बेला कार्यक्रमहरुमा देश-विदेश घुमे पनि म दशैं र तिहार कहिले पनि छुटाउँदिनँ । घरपरिवारसँगै मनाउँछु । कतिजना दशैंभरि पनि कार्यक्रममै व्यस्त हुन्छन् । वर्षदिनको चाडबाड भएकाले परिवारलाई कति प्राथमिकता दिने भन्ने आफ्नै छनोटको कुरा हो । मलाई चाहिँ बुवा-ममीको हातको टीका छुटाउन मन लाग्दैन ।

देश बाहिर गएको बेला कुनै बेला दशैंको ठीक अगाडि फर्किन्छु भने कहिलेकाहीँ त टीकाकै दिन पनि आइपुग्छु । दुई वर्षअघि ब्रुनाइबाट टीकाकै दिन आइपुगेकी थिएँ । यसपालि भने अस्ट्रेलियाबाट दशमीको टीकाको पर्सिपल्ट मात्र नेपाल आइपुगियो ।

घर नवलपरासी भए पनि पछिल्लो वर्षहरुमा हामी काठमाडौंमै दशैं मनाउँछौं । हामी ६ जना दिदीबहिनी र तीन दाजुभाइ हौं । दशैंको रमाइलो कुरा चाहिँ मलाई सपिङ लाग्छ । दिदीबहिनीहरू सबैजना सपिङ गर्न जानुको मजा नै बेग्लै ! घरमा कोठामा हामी सामूहिक रुपमा बसेर खान्छौं । कोठाको सबै सामान पन्छाएर प्लास्टिक ओछ्याएर पलेँटी कसेर एकसाथ खाँदा रमाइलो लाग्छ ।

सानैदेखि लोभ लाग्ने कुरा, दशैंमा सबैभन्दा सानी बहिनीसँग धेरै पैसा हुन्थ्यो । उसलाई सबैले टीका लगाएर हामी अरु दिदीबहिनीलाई भन्दा बढी पैसा दिनुहुन्थ्यो । अझैसम्म पनि सानी बहिनीले धेरै पैसा पाउने कुरा लोभलाग्दो र रमाइलो लाग्छ ।

दशैंका बेला म प्रायः हत्तपत्त घर बाहिर निस्किन्नँ । घरमै बसेर ममीले पकाएको खानेकुरा खान मन लाग्छ । बाहिर कतै आफन्तकोमा गए पनि खानलाई आनाकानी गर्छु । घरैमा आएर खान रुचाउँछु ।

, बेहुली, माछी मार न रिमिक्स जस्ता गीत नै बढीजसो गाउँछु ।

प्रतिक्रिया दिनुहोस्