किन दसैंको टीका लगाउँदैनन् प्रधानमन्त्री प्रचण्ड?



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष पनि विजयादशमीको टीका लगाएनन्।

कम्युनिस्ट विचारधारा लिएदेखि नै दसैंमा टीकाप्रति मोहभंग गरेका प्रधानमन्त्री प्रचण्डले जनयुद्धपछि भनै कुनै वर्ष पनि टीका लगाएनन्। ‘उहाँले दसैंमा टीका नलगाएको दुई दशक नै भयो होला,’ प्रचण्डका स्वकीय सचिव पूर्ण कार्कीले भने, ‘टीका नलगाए पनि दसैंको अवसरमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा आफन्त र परिवारसँग रमाइलो गरेर दसैं मनाउनुहुन्छ।’

आज दसैंको मुख्य दिन भएकाले पनि प्रधानमन्त्री कुनै सार्वजनिक कार्यक्रम छैन। बालुवाटारमा नै पुस्तक पढेर, आफन्तसँग भेटघाटमा व्यस्त रहने कार्कीले जानकारी दिए।

प्रधानमन्त्रीका श्रीमती, छोराबुहारी, छोरी, नातिनाहरु अहिले बालुवाटरमा नै पारिवारिक भेटघाटमा छन्।

प्रतिक्रिया दिनुहोस्