बिमिस्टेक देशहरुकाबीचको कनेक्टिभिटी आवश्यक : प्रचण्ड



गोवा (भारत) : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिमिस्टेक देशहरुकाबीचको कनेक्टिभिटी आवश्यक रहेको बताएका छन्।

भारतको गोवामा ब्रिक्स र बिमेस्टेक देशहरुको संयुक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले बिमेस्टेक देशहरुको संस्कृति, इतिहास र भूगोलमा समानता रहेको उल्लेख गरे। उनले बिमेस्टेक देशहरुको एकताले डेढ बिलियन जनसंख्याबीच विकास र आर्थिक विकासमा डाइनामिक इञ्जिनको काम गर्ने धारणा राखे।

सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले बिमेस्टेक देशहरुबीचको कनेक्टिभिटीलाई नेपालले उच्च प्राथमिकतामा राखेको उललेख गर्दै उर्जा र जलविद्युत लगायतका विकासका क्षेत्रमा मिलेर काम गर्न प्रस्ताव गरे। प्रधानमन्त्री प्रचण्डले बिमेस्टेकलाई बुद्धिष्ट सर्किट र बिमेस्टेक सम्पदालाई जोडेर नागरिक नागरिक बीचको सम्बन्ध र पर्यटनमा उपयोग गर्नुपर्नेमा जोड दिए।

आतंकवाद र अतिवादी सोंच बिमेस्टेक देशहरुको साझा चुनौति रहेको भन्दै त्यसको मिलेर सामना गर्नुपर्ने उनको धारणा थियो।

प्रतिक्रिया दिनुहोस्